गृहमन्त्रीले भने- पाथीभरा केबलकारको समस्या समाधान गर्न सरकार तयार छ, वार्तामा आउनुस्  « Khabarhub

गृहमन्त्रीले भने- पाथीभरा केबलकारको समस्या समाधान गर्न सरकार तयार छ, वार्तामा आउनुस् 


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरमा निर्माणाधीन अवस्थामा रहेको केबलकारको विरोधमा उत्रिएकाहरूलाई वार्तामा आउन आह्वान गरेका छन् । 

आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले नो केवलकार समूहले उठाएका विषयप्रति सरकार गम्भीर भएको भन्दै वार्तामा आउन आह्वान गरेका हुन् । 

उनले केबलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको जानकारी दिए । गृहमन्त्री लेखकले जनतालाई अनुभूत हुने गरी देशमा शान्ति सुव्यवस्था कायम गर्न गम्भीर रहेको उल्लेख गरे ।

सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको र दोषीलाई कारबाही गर्ने उनले उल्लेख गरे । 

गृहमन्त्री लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे। भेदभावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको उनले बताए  ।

त्यस्तै उनले विभिन्न विधेयकहरू सदनमा पुगेको भन्दै अन्य नीतिगत र कानुनी सुधार गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए । 

भूकम्पपछिको पुनर्स्थापना र पुन निर्माणको कामले लय समातेको उनको भनाइ छ । उनले सीमित स्रोत र साधनकाबीच अपेक्षित रूपमा काम हुन नसके पनि सबैको साथ र सहयोगबाट उपलब्ध स्रोत र साधनको परिचालन गर्दै संवेदनशील ढंगले काम गरिरहेको अवगत गराए । 

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १ : ५२ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी