हरियाणमा कांग्रेस नेतृ हिमानी नरवालको हत्या, भाइ पनि पनि पहिले नै मारिएका थिए « Khabarhub

हरियाणमा कांग्रेस नेतृ हिमानी नरवालको हत्या, भाइ पनि पनि पहिले नै मारिएका थिए


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हरियाणाको साम्पलामा कांग्रेस नेतृ हिमानी नरवालको हत्या भएको छ । उनको शव सुटकेसमा फेला परेको थियो।

हिमानीको हातमा मेहेन्दी, घाँटीमा स्कार्फ र नाकबाट रगत बगिरहेको प्रहरीले जनाएको छ । २२ वर्षीया हिमानी नरवालको घाँटी थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

उनको शव शनिबार बिहान साम्पला बस स्ट्यान्ड नजिकै रोहतक(दिल्ली सडकको छेउमा सुटकेसमा फेला परेको थियो। हिमानी रोहतकमा सक्रिय कांग्रेस कार्यकर्ता थिइन् । उनी राहुल गान्धीको भारत जोडो यात्रामा पनि संलग्न थिइन् ।

पूर्व मुख्यमन्त्री भूपेन्द्र सिंह हुड्डाले हिमानीको हत्याको उच्चस्तरीय अनुसन्धानको माग गरेका छन्। विजय नगरमा बस्ने हिमानीका छिमेकीहरूले हिमानी नरवाल घरमा एक्लै बस्ने गरेको बताएका छन्। आमा र कान्छो भाइ दिल्लीमा बस्छन्।

प्रहरीका अनुसार उनको जेठो भाइको करिब १५ वर्षअघि हत्या भएको थियो। यसपछि हिमानी करिब दुई वर्षअघि आफ्नी हजुरआमासँग दिल्ली बस्ने गर्थिन् । हजुरआमाको मृत्युपछि उनी एक्लै बस्दै आएकी थिइन्। पोस्टमार्टमपछि उनको हत्याबारे भन्न सकिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  २ : १४ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को