हरियाणमा कांग्रेस नेतृ हिमानी नरवालको हत्या, भाइ पनि पनि पहिले नै मारिएका थिए « Khabarhub

हरियाणमा कांग्रेस नेतृ हिमानी नरवालको हत्या, भाइ पनि पनि पहिले नै मारिएका थिए


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हरियाणाको साम्पलामा कांग्रेस नेतृ हिमानी नरवालको हत्या भएको छ । उनको शव सुटकेसमा फेला परेको थियो।

हिमानीको हातमा मेहेन्दी, घाँटीमा स्कार्फ र नाकबाट रगत बगिरहेको प्रहरीले जनाएको छ । २२ वर्षीया हिमानी नरवालको घाँटी थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

उनको शव शनिबार बिहान साम्पला बस स्ट्यान्ड नजिकै रोहतक(दिल्ली सडकको छेउमा सुटकेसमा फेला परेको थियो। हिमानी रोहतकमा सक्रिय कांग्रेस कार्यकर्ता थिइन् । उनी राहुल गान्धीको भारत जोडो यात्रामा पनि संलग्न थिइन् ।

पूर्व मुख्यमन्त्री भूपेन्द्र सिंह हुड्डाले हिमानीको हत्याको उच्चस्तरीय अनुसन्धानको माग गरेका छन्। विजय नगरमा बस्ने हिमानीका छिमेकीहरूले हिमानी नरवाल घरमा एक्लै बस्ने गरेको बताएका छन्। आमा र कान्छो भाइ दिल्लीमा बस्छन्।

प्रहरीका अनुसार उनको जेठो भाइको करिब १५ वर्षअघि हत्या भएको थियो। यसपछि हिमानी करिब दुई वर्षअघि आफ्नी हजुरआमासँग दिल्ली बस्ने गर्थिन् । हजुरआमाको मृत्युपछि उनी एक्लै बस्दै आएकी थिइन्। पोस्टमार्टमपछि उनको हत्याबारे भन्न सकिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  २ : १४ बजे

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको