रविका विश्वासपात्र मोहनजंग अमेरिकामा पक्राउ परे « Khabarhub

रविका विश्वासपात्र मोहनजंग अमेरिकामा पक्राउ परे


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका विश्वासपात्रमध्येका एक मोहनजंग थापा अमेरिकामा पक्राउ परेका छन् ।

अमेरिकी आप्रवासन र भन्सार प्रवर्तनले लामिछाने नेतृत्वको रास्वपाका केन्द्रीय सदस्यसमेत रहेका थापालाई पक्राउ गरेर संघीय हिरासत केन्द्रमा राखेको हो । साताअघि पक्राउ परेका थापा अहिले प्रहरीको हिरासतमा छन् ।

थापा एक साताअघि नेपालबाट अमेरिकातिर लागेका थिए । अमेरिकामा अवतरणका क्रममा पेन्सिल्भेनिया विमानस्थलबाटै उनलाई पक्राउ गरिएको हो । अहिले थापालाई फिलाडेल्फियास्थित हिरासतमा राखिए छ । थापा रास्वपा सभापति लामिछानेका विश्वापात्रमध्ये एकका रुपमा परिचित छन् ।

अमेरिकी अध्यागमन र त्यहाँस्थित प्रहरीले थापालाई के अभियोगमा पक्राउ गरिएको हो खुलाएका छैनन् ।

तर उनी अमेरिमा बस्दा आफ्ना उत्तेजक सामाजिक सञ्जालका स्टाटसका कारण विवादित थिए । थापाले गत असोज पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामा रहँदा विरोधका कार्यक्रम बनाएका थिए ।

ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेको समयमा थापाले त्यहाँस्थित प्रवासी नेपालीहरूलाई कालो झण्डा र जुत्ताको माला देखाउन सामाजिक सञ्जालबाटै अपील गरेका थिए ।

थापा अमेरिकामा रास्वपा सभापति लामिछाने जस्तै मुद्दा खेपेका व्यक्ति हुन् । लामिछानेले अमेरिकामा रहँदा ८ वटाभन्दा धेरै मुद्दा खेपेका थिए । अहिले पनि करिब ६ वटा मुद्दा रविविरुद्ध अमेरिकामा चलिरहेका छन् ।

थापाले अमेरिकामै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) दुरुपयोग अभियोगमा मुद्दा नै खेपेका थिए । उनले ड्राइभिङ लाइसेन्स दुरुपयोग मुद्दामा सजाय काट्न जेल नै जानु परेको थियो । उक्त प्रकरणका कारण अमेरिकी नागरिकता खोसिएका थापा ग्रीन कार्डका भरमा अमेरिकामा बस्दै आएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका रास्वापा सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विश्वास पात्र थापालाई अमेरिकी प्रहरीले पक्राउ गरेको हो ।

थापालाई एक साता अगाडि पक्राउ गरेको अमेरिकाबाट सञ्चालन हुँदै आएको समाज टाइम्स अनलाइनले जनाएको छ । नेपालबाट अमेरिका जाँदै गर्दा थापा पेन्सिल्भेनियाको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् । उनलाई अहिले फिलाडेल्फिया संघीय हिरासत केन्द्रमा राखिएको छ ।

थापा बाल्टिमोर एशोसिएसन अफ नेप्लिज इन अमेरिका बानाका संस्थापक अध्यक्ष हुन् । उनी मेरिल्याण्ड बाल्टिमोरका स्थायी बासिन्दा हुन् ।

अमेरिकामा बसे पनि उनी नेपालको राजनीतिमा सक्रिय थिए । थापा अमेरिकाबाट आएर रविनिकटका रुपमा सक्रिय थिए । यसअघि पनि जेल बसेका थापालाई कस्तो सजाय हुने भन्ने अहिलेसम्म अमेरिकी अदालतले केही भनेको छैन ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ३ : ५९ बजे

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका

पेसागत सफलतामा नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो

शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

काठमाडौँ– दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ

अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एक

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला