भेडापालनतिर विप्लव : कालिकोटमा खोले एक सय १८ भेडासहितको फार्म « Khabarhub

भेडापालनतिर विप्लव : कालिकोटमा खोले एक सय १८ भेडासहितको फार्म


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पछिल्लो समय कृषि क्रान्तिबाट समाजवाद ल्याउनुपर्ने अभियानमा छन् ।

उनी नेतृत्वको पार्टी गृहजिल्ला कपिलवस्तु हँदै कर्णालीमासमेत पुगेर खेतीपातीदेखि पशुपालनमा पनि जुटेको छत्त । पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले पूर्वदेखि पश्चिमसम्मै उत्पादनमा जोड दिँदै सामूहिक खेतीमा लागिरहेको छ । 

विप्लवले हालै कर्णाली पुगेर स्याउ र आलु खेती थालेका छन् । अन्य जिल्लामा तरकारी र धान रोप्दै समाजवादसम्म पग्ने बाटो उनले खन्न थालेका हुन् । यही क्रममा कालिकोट पुगेका विप्लवले शनिबार मात्रै त्रिवेणी साझेदारी भेडा फार्म उद्घाटन गरेका छन् । 

नेकपाले कालिकोटको नरहरिनाथ गाउँपालिका–५ रुप्सा गाउँका रामबहादुर बोहोराबाट २०८१ साल कात्तिकमा २० लाख खर्चिएर ९० भेडा खरिद गरेको थियो । हाल भेडाको संख्या एक सय १८ पुगिसकेको छ । ती भेडा हाल पाँच जनाले पाल्दै आएका छन् ।

विप्लवले नेपाली युवाहरूले खाडीका मरुभूमिमा गएर भेडा पालेर नहुने भन्दै नेपालमै त्यो काम गर्न आग्रह गरे । ‘आखिर नेपाली युवाहरू राज्यको असक्षमताका कारण विदेश जाने गरेका छन् । विदेश गएर पनि विदेशीहरूको भेडा हेर्ने । खेतीपाती गर्ने, पसिना बगाउने गरेका छन्,’ उनले भने, ‘त्यो काम अब नेपालमै गरौँ, नेपालमै उत्पादनमा लागौँ । यसो भए देश र जनतालाई आत्मनिर्भर बनाउन सकिन्छ ।’

राज्यले गाउँ–गाउँमा निष्पक्ष भएर अवसर, रोजगारी र न्याय दिन नसक्दा नेपाली युवाहरू विदेशिन बाध्य हुनुपरेको टिप्पणी उनले गरे ।

‘विश्वका विभिन्न देशमा गएर श्रम गर्न सक्छौँ भने नेपालमा किन गर्न सक्दैनौँ ?,’ उनले भने, ‘नेकपाले भेडा पालनसँगै कृषि, उद्योग र व्यापारमा हात हालेको छ । पार्टी र जनतालाई आत्मनिर्भर बनाउने अभियानमा छ । अहिले पार्टीले गरेको उत्पादन कहीँ घाटामा गएको छैन ।’

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ४ : ३९ बजे

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि