ओझा बिमा प्राधिकरणको अध्यक्ष भएको ६ दिन नबित्दै भ्रष्टाचार मुद्दामा सिलवाललाई सफाइ « Khabarhub

ओझा बिमा प्राधिकरणको अध्यक्ष भएको ६ दिन नबित्दै भ्रष्टाचार मुद्दामा सिलवाललाई सफाइ


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझाले नियुक्ति लिएको ६ दिनपछि तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।

विशेष अदालतका न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिलवालविरुद्धको आरोप पुष्टि हुन नसक्ने फैसला आइतबार दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालमाथि शैक्षिक योग्यता र नागरिकतासम्बन्धी झूटो विवरण पेश गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाएको थियो ।

सिलवालले नागरिकता लिएको मिति र विश्वविद्यालयबाट पाएको शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्ममिति फरक देखिएको अख्तियारले आरोप लगाएको थियो । उमेर ढाँटेर जागिर खाएकाले सिलवालले २०८० साउन १५ मा अवकाशमा जानुपर्नेमा जागिर लम्ब्याएको दाबी अख्तियारको थियो ।

वास्तविकता भन्दा ३ वर्ष उमेर घटाएर राहदानी लिएको अर्को आरोप पनि अख्तियारको थियो । विशेष अदालतले सिलवाललाई ती सबै आरोपबाट सफाइ दिएको हो । सिलवाल २०७७ माघमा ४ वर्षे कार्यकालका लागि प्राधिकरणको अध्यक्ष भएका थिए ।

मन्त्रिपरिषद् बैठकबाट प्राधिकरण अध्यक्ष बनेका ओझाले काम थालेको साता नबित्दै तत्कालीन अध्यक्षलाई भ्रष्टाचार मुद्दामा सफाइ मिलेको हो ।

सिलवाल भ्रष्टाचार मुद्दाले निलम्बित भएसँगै नयाँ अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बिमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलालाई सिफारिस गरेका थियो । यस्तोमा पत्रकारिता गर्दै आएका नेपाली कांग्रेसनिकट ओझाले बाजी मारेका थिए ।

विशेषको फैसला चित्त नबुझेको अवस्थामा अख्तियारले सर्वोच्चमा पुनरावेदन गर्न भने पाउनेछ । तर सिलवालको कार्यावधि सकिएकाले उनी प्राधिकरणमा फर्किन सक्ने सम्भावना नरहेको बताइएको छ ।

विशेषले सफाइ दिएपछि विगतमा केही सरकारी संस्थानका नजिरले पनि सिलवालले पुनर्वहाली गर्न पाउने तर्क उनीनिकट वकिलहरूको छ । तर कार्यकाल सकिएकाले उनले अब सम्मानजनक बिदाइ हुन पाउनेछन् ।

बिमा प्राधिकरणमा अध्यक्षको कार्यावधि ४ वर्ष लामो हुन्छ । तर कार्यकाल नसकिँदै उनीविरुद्ध मुद्दा चलेको थियो । तर सफाइ पाउनुअघि नै कार्यकाल सकिएकाले उनले अब प्राधिकरणमा फर्किने सम्भावना छैन ।

यसअघि नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर विजय भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चल्दा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दीपेन्द्रबहादुर क्षेत्रीलाई नयाँ गभर्नर बनाएका थिए ।

तर उक्त भ्रष्टाचार मुद्दामा भट्टराईले सफाइ पाए । सफाइ पाएलगत्तै उनी केन्द्रीय बैंकको गभर्नरमा फर्किए भने बाबुराम सरकारद्वारा नियुक्त क्षत्री घर गए । सिलवालको हकमा पनि यदि कार्यकाल रहेको अवस्थामा त्यही नजिरमा पुनर्वहाली हुन पाउने सम्भावना थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ६ : २८ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था