ओझा बिमा प्राधिकरणको अध्यक्ष भएको ६ दिन नबित्दै भ्रष्टाचार मुद्दामा सिलवाललाई सफाइ « Khabarhub

ओझा बिमा प्राधिकरणको अध्यक्ष भएको ६ दिन नबित्दै भ्रष्टाचार मुद्दामा सिलवाललाई सफाइ


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझाले नियुक्ति लिएको ६ दिनपछि तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।

विशेष अदालतका न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिलवालविरुद्धको आरोप पुष्टि हुन नसक्ने फैसला आइतबार दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालमाथि शैक्षिक योग्यता र नागरिकतासम्बन्धी झूटो विवरण पेश गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाएको थियो ।

सिलवालले नागरिकता लिएको मिति र विश्वविद्यालयबाट पाएको शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्ममिति फरक देखिएको अख्तियारले आरोप लगाएको थियो । उमेर ढाँटेर जागिर खाएकाले सिलवालले २०८० साउन १५ मा अवकाशमा जानुपर्नेमा जागिर लम्ब्याएको दाबी अख्तियारको थियो ।

वास्तविकता भन्दा ३ वर्ष उमेर घटाएर राहदानी लिएको अर्को आरोप पनि अख्तियारको थियो । विशेष अदालतले सिलवाललाई ती सबै आरोपबाट सफाइ दिएको हो । सिलवाल २०७७ माघमा ४ वर्षे कार्यकालका लागि प्राधिकरणको अध्यक्ष भएका थिए ।

मन्त्रिपरिषद् बैठकबाट प्राधिकरण अध्यक्ष बनेका ओझाले काम थालेको साता नबित्दै तत्कालीन अध्यक्षलाई भ्रष्टाचार मुद्दामा सफाइ मिलेको हो ।

सिलवाल भ्रष्टाचार मुद्दाले निलम्बित भएसँगै नयाँ अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बिमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलालाई सिफारिस गरेका थियो । यस्तोमा पत्रकारिता गर्दै आएका नेपाली कांग्रेसनिकट ओझाले बाजी मारेका थिए ।

विशेषको फैसला चित्त नबुझेको अवस्थामा अख्तियारले सर्वोच्चमा पुनरावेदन गर्न भने पाउनेछ । तर सिलवालको कार्यावधि सकिएकाले उनी प्राधिकरणमा फर्किन सक्ने सम्भावना नरहेको बताइएको छ ।

विशेषले सफाइ दिएपछि विगतमा केही सरकारी संस्थानका नजिरले पनि सिलवालले पुनर्वहाली गर्न पाउने तर्क उनीनिकट वकिलहरूको छ । तर कार्यकाल सकिएकाले उनले अब सम्मानजनक बिदाइ हुन पाउनेछन् ।

बिमा प्राधिकरणमा अध्यक्षको कार्यावधि ४ वर्ष लामो हुन्छ । तर कार्यकाल नसकिँदै उनीविरुद्ध मुद्दा चलेको थियो । तर सफाइ पाउनुअघि नै कार्यकाल सकिएकाले उनले अब प्राधिकरणमा फर्किने सम्भावना छैन ।

यसअघि नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर विजय भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चल्दा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दीपेन्द्रबहादुर क्षेत्रीलाई नयाँ गभर्नर बनाएका थिए ।

तर उक्त भ्रष्टाचार मुद्दामा भट्टराईले सफाइ पाए । सफाइ पाएलगत्तै उनी केन्द्रीय बैंकको गभर्नरमा फर्किए भने बाबुराम सरकारद्वारा नियुक्त क्षत्री घर गए । सिलवालको हकमा पनि यदि कार्यकाल रहेको अवस्थामा त्यही नजिरमा पुनर्वहाली हुन पाउने सम्भावना थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ६ : २८ बजे

स्पेनको विश्वकप जितमा प्यालेस्टिनीको उत्सव

काठमाडौँ- फिफा विश्वकप २०२६ को उपाधि स्पेनले उचालेसँगै गाजा र

मनको आशा निभेपछि शरीरमा दन्किएको त्यो आगो

आत्मदाहलाई केवल मानसिक स्वास्थ्यको समस्यामा सीमित गरेर व्याख्या गर्नु जति

अर्जेन्टिनालाई हराएपछि स्पेनिस प्रशिक्षक भन्छन्- ‘विश्वकप विजयी यात्रामा गर्व छ’

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि जितेपछि स्पेनिस टोलीका

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिका बैठक बस्दैछन्

चितवन राष्ट्रिय निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन– चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पुर्‍याएकाे  क्षतिबापत एक