एमाले जनसंगठनको संरचनामा हेरफेर, दुईवटा विभागमा सचिव मनोनयन « Khabarhub

एमाले जनसंगठनको संरचनामा हेरफेर, दुईवटा विभागमा सचिव मनोनयन


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ दल नेकपा (एमाले) ले पार्टीका संगठनका संरचनालाई परिवर्तन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा आइतबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनका अनुसार जनसंगठनमा केन्द्रीय कमिटी र सचिवालयको संरचना मात्रै राखिने छ । अबदेखि स्थायी कमिटीको अभ्यासलाई नराख्ने निर्णय भएको पोखरेलले बताए ।

जनसंगठनका स्थायी कमिटी खारेजीसँगै एमालेले आजको बैठकबाट दुईवटा नियुक्ति पनि गरेको छ ।

बैठकले स्थानीय विकास विभाग र प्रचार विभागको सचिवमा क्रमश: नवराज गेलाल र गणेश पाण्डेलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै नीति तथा कार्यक्रम छलफल गर्ने प्रयोजनका लागि स्थानीय तहका जनप्रतिनिधिको भेला चैत मसान्तसम्म गर्ने निर्णय गरेको छ ।

उता प्रदेशका हकमा प्रदेशमा रहेको मुख्यमन्त्री मन्त्री र दलका नेतालगायत रहेको संयुक्त भेला गर्ने निर्णय भएको पोखरेलले बताए ।

महासचिव पोखरेलले सरकारले ल्याएका अध्यादेश पारित गर्न खोज्नु कर्तव्य भएको भन्दै सरकारको प्रयासलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए ।

त्यस्तै बैठकले पार्टीको स्थापना दिवसमा कम्युनिष्ट योद्धा सम्मान गर्न प्रत्येक प्रदेशबाट एक–एकजना कम्युनिष्ट योद्धा पहिचान गरि सिफारिस गर्न निर्देशन दिइएको उनले बताए । बैठकले सुदूरपश्चिम प्रदेशले प्रदेश कमिटी सदस्य नियुक्त गर्न गरेको सिफारिस अनुमोदन गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ६ : ५२ बजे

गायकवाडको कप्तानी इनिङ: मुम्बईमाथि चेन्नाईको ८ विकेट जित

चेन्नाई – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला – खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर