कांग्रेस सभापतिबारे देउवासँग तुलना गर्दै खड्काले भने- उहाँ र मेरो राजनीतिक यात्रा उस्तै छ « Khabarhub

कांग्रेस सभापतिबारे देउवासँग तुलना गर्दै खड्काले भने- उहाँ र मेरो राजनीतिक यात्रा उस्तै छ


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आसन्न १५ औँ महाधिवेशनमा सभापति पदमा उठ्ने संकेत गरेका छन् ।

रुपन्देहीमा हुन लागेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा खड्काले सभापतिमा आफ्नो उम्मेदवारी हुन सक्ने संकेत गरेका हुन् ।

महाधिवेशनको मिति टुंगो नभएको अवस्थामा भावी नेतृत्वका लागि अहिलेबाटै नेताहरूको दौडधूप चलिरहेका बेला खड्काको यस्तो भनाइ आएको हो ।

कांग्रेस संस्थापन पक्षमै रहेका उपसभापति खड्काले आगामी महाधिवेशनमा सभापतिका लागि उठ्न सक्ने बताए । उनले आफू र सभापति शेरबहादुर देउवाको राजनीतिक यात्रा पनि उस्तै रहेको उल्लेख गरे ।

‘म आफैं पनि नेविसंघको साधारण सदस्य, इकाइ सदस्य, सभापति, नेविसंघको केन्द्रीय सदस्य, जिल्ला उपाध्यक्ष र अध्यक्ष हुँदै अहिले उपसभापति छु’, उनले भने, ‘कांग्रेस भनेको स्वच्छ प्रतिस्पर्धा भएको पार्टी हो । हरेक सम्भावना भएको पनि पार्टी हो हो।’

उनले कांग्रेस व्यापक सम्भावना भएको पार्टी भएकाले आफू सभापतिका लागि तयार रहेको जनाउ दिएका हुन् । ‘अहिलेका सभापति (शेरबहादुर देउवा) पनि मेरो जस्तै त्यही तहमा हुँदै हुँदै सभाति हुनु भएको हो’, उनले भने, ‘पार्टीको मर्यादालाई कायम राख्दै सबै तहको नेतृत्वसँग गुनासा छन् भने राख्न सक्ने गरी नेतृत्वको विकास गरी आएको पार्टी हो।’

उनले फरक प्रसंगमा पार्टीको केन्द्रीय समितिले निर्णय गरिसकेपछि पार्टीको नीतिका रुपमा जाने बताएका छन् । ‘समाभापतिले दिनु भएको जिम्मेवारी दिनु भए अनुसार मेरो नेतृत्वको नीति अनुसन्धान प्रतिष्ठानले काम गरिरहेको छ’, उनले भने, ‘सामाजिक सञ्जाल प्रयोग, सगठन विस्तारको प्रभावबारे यो कार्यक्रममा पनि छलफल हुन्छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाएर जाँदैछौँ।’

उनले सामजिक सञ्जाल विधेयक संसद्मा गएको बताउँदै राज्यले दिएका अधिकार र संविधानले दिएका अधिकारहरू रक्षा गरिने बताए ।

‘अधिकारको सम्मानपूर्व उपयोग गर्ने वातावरण बनाउने छौँ, सामाजिक सञ्जालमार्फत हुने नकारात्मक कामलाई नियमन गर्ने सन्दर्भलाई जोडेर प्रस्तुत भएको विधेयकलाई संशोधन गर्छौँ’, उनले भने, ‘तर सामाजिक सञ्जाल विधेयक जस्ताको त्यस्तै पारित हुँदैन। कांग्रेसको औपचारिक धारणा यही हो ।’

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ७ : २६ बजे

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि