विश्व आर्थिक मञ्चको ‘ग्लोबल फ्युचर काउन्सिल अन लिडरशिप’ सदस्यमा परियार    | Khabarhub Khabarhub

विश्व आर्थिक मञ्चको ‘ग्लोबल फ्युचर काउन्सिल अन लिडरशिप’ सदस्यमा परियार   


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष प्रदीप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशिपका सदस्यमा नियुक्त भएका छन् ।

परियारको यो नियुक्तिले जात व्यवस्था, जातीय विभेद, बहिष्करण र सीमान्तीकरणविरुद्धको अभियानलाई अन्तर्राष्ट्रियस्तरमा थप सशक्त बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ । सन् २०२५ देखि २०२६ सम्म दुई वर्षे कार्यकालका लागि उनी काउन्सिल सदस्यका रूपमा सहभागी हुनेछन् ।

विश्व आर्थिक मञ्चको नेटवर्क अफ ग्लोबल फ्युचर काउन्सिल्स ज्ञान उत्पादन गर्ने बहुसरोकारवाला तथा अन्तरविधागत सञ्जाल हो। यसले नवीनतम विषयहरूबारे अन्तरदृष्टि तयार गर्दै विश्वव्यापी चुनौतीहरूमाथि अध्ययन र अन्वेषण गर्दछ ।

दलित लाईभ्स म्याटर ग्लोबल अलायन्स सामाजिक न्याय प्रवर्द्धन गर्ने अभियान हो, जसले विश्वभर न्याय, समता, समावेशीता, र दिगो विकासका लागि संघर्षरत विचार तथा प्रयाससँग सहकार्य गर्दै विश्वव्यापी प्रतिरोध निर्माण गर्ने लक्ष्य लिएको छ। यसै क्रममा परियारको नियुक्ति अभियानका लागि कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ।

परियारले विगत २० वर्षदेखि युवा, शान्ति निर्माण, र सामाजिक न्यायसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिनिर्माणमा योगदान पुर्‍याउँदै आएका छन्। उनी सन् २०२० मा विश्व आर्थिक मञ्चकै यङ्ग ग्लोबल लिडर्सबाट सम्मानित भएका थिए।

विश्व आर्थिक मञ्चमा ३६ विभिन्न विषयगत काउन्सिल छन्, जसमा सात सयभन्दा धेरै विज्ञहरू प्राज्ञिक क्षेत्र, व्यापार, सरकार, नागरिक समाज तथा अन्तर्राष्ट्रिय संस्थाबाट प्रतिनिधित्व गर्दै आएका छन् । 

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ८ : ०१ बजे

राजावादीलाई एमाले सांसदले भने- राजसंस्था फर्काउने भनेर समयको बर्बाद नगर्नुहोस्

काठमाडौं– सत्तारूढ नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले राजावादीलाई राजसंस्था फर्काउने

युद्धको मारमा आईपीएल : भएका थिएनन् लिग चरणकै १२ खेल, पहिलो र दोस्रोमा थिए गुजरात र बेंगलुरू

नयाँ दिल्ली– हिमाचल प्रदेशको धर्मशाला रंगशालामा बिहीबार पञ्जाब र दिल्लीबीचको

लोकतान्त्रिक पद्धतिको अवलम्बन गरेर नीति तथा कार्यक्रम परिमार्जन गर्नुपर्छ : सांसद शर्मा

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले लोकतान्त्रिक

रफायल लडाकु विमानसँगै भारतको अभिमान पनि ध्वस्त : पाकिस्तान

काठमाडौं– पाकिस्तानले रफायल लडाकु विमानसँगै भारतको अभिमान पनि ध्वस्त भएको

जनमतसँग छिटै पार्टी एकता हुन्छ : रञ्जिता श्रेष्ठ

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँग छिटै