हाउथीलाई लक्षित गर्दै अमेरिकाले यमनमा गर्‍यो आक्रमण « Khabarhub

हाउथीलाई लक्षित गर्दै अमेरिकाले यमनमा गर्‍यो आक्रमण


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

यमन – हाउथी विद्रोहीलाई लक्षित गर्दै अमेरिकाले यमनमा रातभर हवाई आक्रमण गरेको छ। राजधानी साना उत्तरी प्रान्त सादाको छेउमा मंगलबार बिहानैदेखि अमेरिकी सेनाले बमबारी गरेको थियो।

मार्च महिनाको मध्यदेखि यमनमा हाउथीलाई लक्षित गरी गरेको आक्रमणमा दर्जनौँको ज्यान गइसकेको छ।

हाउथीमा आबद्ध अल मसिरा टिभीले अमेरिकाले १५ पटक आक्रमण गरेको समाचार प्रकाशित गरेको छ। सादा मैइज र सारमा लक्षित गरेर सो आक्रमण भएको जनाइएको छ।

पछिल्लो आक्रमणबाट मानवीय क्षति भएको समाचार आएको छैन। मार्चको मध्यबाट सुरु भएको यो आक्रमणबाट ६१ जनाको ज्यान गएको जनाइएको छ।

अमेरिकी एयरक्राफ्ट कमान्डले फाइटर विमान उडेको तथा मिसाइल आक्रमण गरेको भिडियो सार्वजनिक गरेको थियो। हाउथीले भने अमेरिकी ड्रोन युएस एम क्यु-९ लाई खसालिएको दाबी गरेको छ। हाउथीका प्रवक्ता याया सारीले व्यवस्थित रूपले बनाइएको ड्रोनले आक्रमण गरेको जनाएको छ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ८ : ०७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना