प्रधानमन्त्री ओली र थाइल्याण्डका समकक्षी शिनावात्राबीच भेटवार्ता (तस्बिरहरू) « Khabarhub

प्रधानमन्त्री ओली र थाइल्याण्डका समकक्षी शिनावात्राबीच भेटवार्ता (तस्बिरहरू)


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

बैङ्कक– थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच आज भेटवार्ता भएको छ ।

भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत थिए ।

त्यसअघि थाइल्याण्डको सरकारी भवनमा प्रधानमन्त्री ओलीलाई समकक्षी शिनावात्राले स्वागत गरेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्र आदानप्रदान हुनेछ ।

सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा समकक्षी शिनावात्राले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् ।

तस्बिर : रासस

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ११ : २७ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा