नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानमन्त्री  « Khabarhub

नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानमन्त्री 


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

बैङ्कक– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्याण्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।

थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्रासँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भ्रमणबाट दुई मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

उनले नेपाल र थाइल्याण्डकबीच ६५ वर्षदेखि रहेको कूटनीतिक सम्बन्ध र जनता–जनताबीचको सम्बन्धलाई अझ विस्तार गर्ने विषयमा आफूहरुबीच छलफल भएको बिताए ।

 प्रधानमन्त्री ओलीले नेपालमा होटल व्यवसाय तथा हवाई सेवाजस्ता पर्यटन क्षेत्रमा थाइल्याण्डको लगानी र व्यापारका विषयले आगामी दिनमा प्राथमिकता पाउने विश्वास व्यक्त गरे ।

‘नेपाल र थाइल्याण्डबीच कृषि, व्यापार, पर्यटन, संस्कृतिको गहिरो सम्बन्ध कायम रहेको छ । थाइल्याण्डका लगानीकर्तालाई नेपालमा लगानीका लागि म आह्वान गर्दछु ।’, प्रधानमन्त्री ओलीले भने, ‘नेपाल र थाइल्याण्डबीचमा व्यापार र पर्यटनको सम्बन्ध राम्रो रहेको छ । अब हामी अन्तरराष्ट्रिय मुद्दाका साथै जलवायु परिवर्तनका बारेमा हातेमालो गरेर काम गर्नेछौँ ।’

प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री शिनावात्लाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारी दिँदै छिट्टै नेपालको भ्रमण हुने विश्वास पनि व्यक्त गरिन्।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  १ : ५६ बजे

निर्वाचन तालिका स्थगित गर्नुपर्ने माग लिएर देउवा समूह आयोग पुग्दै

काठमाडौं- नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा समूहले फागुन २१

आनाको फिल्म ‘रमिताको पिरती’मा कुशलको र्‍याप

काठमाडौं – नायिका आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’को शीर्ष

सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि