दीपक बोहराको शव बालुवाटारस्थित निवासमा (तस्बिरहरू) « Khabarhub

दीपक बोहराको शव बालुवाटारस्थित निवासमा (तस्बिरहरू)


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहराको शव बालुवाटारस्थित निवासमा राखिएको छ ।

मंगलबार निधन भएका बोहराको शव अन्त्येष्टिभन्दा पहिला बालुवाटारस्थित निवासमा लगिएको हो ।

पोस्ट कोभिडको साइट इफेक्टले बोलीमा समस्या भएर लामो समयदेखि थेरापी गराउँदै आएका बोहराको मङ्गलबार बिहान निधन भएको थियो ।

उनको पार्थिव शरीर नेपाली सेनाको आर्मीको स्काई ट्रकबाट निर्वाचन क्षेत्र भैरहवामा लगेपछि काठमाडौं नै ल्याइएको हो ।

श्रद्धाञ्जलीका लागि मंगलबार दिनभर भैरहवामा राखेर साँझ काठमाडौँ ल्याइएको थियो । उन पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार दिउँसो पार्टी कार्यालयमा राखेर पशुपति आर्यघाटमा लगिनेछ ।

सोमबार मात्रै बोहराले ७३ औँ जन्मदिन मनाएका थिए । उनी २०७९ सालको निर्वाचनमा रूपन्देही ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिए । त्यसबेला उनले बहालवाला गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गरेका थिए । उनकी छोरीको केही समयअघि निधन भएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  १ : ५६ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब