काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिए शिक्षक (तस्बिरहरू) « Khabarhub

काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिए शिक्षक (तस्बिरहरू)


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शिक्षक महासङ्घले बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन थालेको छ । बुधबार दिउँसो माइतीघरमण्डलदेखि नयाँबानेश्वरसम्मको सडकमा शिक्षकहरू प्रदर्शन गर्दै उत्रिए ।

गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’सहित अनिश्चितकालीन शैक्षिक आन्दोलन थालेको हो ।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र ऐन जारी गर्न माग सहित आन्दोलन जारी राखिएको बताए ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिन आन्दोलन थालिएको अध्यक्ष सुवेदीले बताएका छन् ।

आन्दोलनमा देशभरका अधिकांश शिक्षक तथा कर्मचारी सहभागी भएका उनले बताए । आन्दोलनमा आएका शिक्षक तथा कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौंबाट नफर्किने महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  २ : ५५ बजे

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी

गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का

काठमाडौं – लगातार फिल्म फ्लप भएपछि नायक कसरी बेरोजगार हुन्छन्

मेयर पदबाट राजीनामा दिएर रास्वपा कार्यालय पुगे बालेन, बजाए घण्टी

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह बालेन राष्ट्रिय स्वतन्त्र

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)