जिल्ला नेतृत्वलाई वडा र पालिकाको अधिवेशन मिति तय गर्न तरुण दलको निर्देशन « Khabarhub

जिल्ला नेतृत्वलाई वडा र पालिकाको अधिवेशन मिति तय गर्न तरुण दलको निर्देशन


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले जिल्ला नेतृत्वलाई वडा र पालिका तहको अधिवेशनको मिति तय गर्न निर्देशन दिएको छ । 

अध्यक्ष विद्धान गुरुङले बुधबार परिपत्र गरेर जिल्ला नेतृत्वलाई वडा र पालिका तहको अधिवेशन मिति तय गर्न निर्देशन दिएका हुन् । 

गुरुङको पाँच बुँदे परिपत्रको पहिलो बुँदामा भनिएको छ, ‘जिल्लाका अध्यक्षहरूलाई वडा र पालिका तहको अधिवेशनको केन्द्रलाई जानकारी गराइ मिति तय गरेर सो तहको अधिवेशन गर्ने जिम्मेवारी ।’

परिपत्रमा केन्द्रबाट स्वीकृत गर्न तोकिएको शुल्कसहित जिल्लाको पूर्णकालीन फारम केन्द्रमा बुझाउन र मातृ पार्टी कांग्रेसको जिल्ला कार्यसमितिसँग अधिवेशनका लागि समन्वय गर्न पनि भनिएको छ ।

अध्यक्ष गुरुङले वडा र पालिका अधिवेशन सम्पन्न गरी जिल्ला अधिवेशन प्रतिनिधिको नाम अनुमोदनका लागि केन्द्रमा पठाउन पनि निर्देशन दिएका छन् । 

उनले वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेका जिल्लाहरूले प्रदेश सभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको मिति प्रस्ताव गरेर पार्टी केन्द्रीय कार्यालयबाट अनुमति लिन पनि भनेका छन् ।

उनले मातृ पार्टी कांग्रेसका जिल्ला सभापतिहरूलाई संगठनको अधिवेशन सहयोग गरिदिन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ३ : २३ बजे

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ

विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक