प्रहरी प्रवक्ता भन्छन्- दुर्गा प्रसाईं चाँडै पक्राउ पर्छन् « Khabarhub

प्रहरी प्रवक्ता भन्छन्- दुर्गा प्रसाईं चाँडै पक्राउ पर्छन्


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले गत शुक्रबार दुईजनाको ज्यान जाने गरी काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनपछि फरार दुर्गा प्रसाईं चाँडै पक्राउ पर्ने जनाएको छ।

चैत १५ मा भएको उक्त हिंस्रक घटनालाई लिएर बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता एवम् डीआईजी दिनेशकुमार आचार्यले यस्तो बताएका हुन् ।

‘दुर्गा प्रसाईं अहिले फरार भएका छन् । हामी उनीमाथि अनुसन्धानकै क्रममा छ खोजीमा छौँ’, उनले भने, ‘शुक्रबारको दिन ठूलो संख्याको भिड भड्किने भएकाले तत्काल उनलाई पक्राउ गरिएको थिएन ।’

उनी अहिले भागेकाले खोजी भइरहेको पनि आचार्यले बताए । ‘प्रहरीले त्यसदिन ठूलो भिड भएकाले पक्राउ गर्न सम्भव भएन’, उनले भने, ‘सिंहदरबार, संसद् भवन र एयरपोर्ट नै कब्जा गर्ने भनेर केही व्यक्तिले भिडलाई भड्काएका थिए । प्रहरीले संयमता अपनाएको थियो ।’

प्रवक्ता आचार्यले प्रसाईं कहाँ लुकेका छन् भन्ने अहिले खुलाउन नमिल्ने बताए । ‘हामी खोजिरहेका छौँ । उनी कहाँ छन् भन्ने हामीले भन्न मिल्दैन ।’

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ४ : ४४ बजे

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता