प्रहरी प्रवक्ता भन्छन्- दुर्गा प्रसाईं चाँडै पक्राउ पर्छन् « Khabarhub

प्रहरी प्रवक्ता भन्छन्- दुर्गा प्रसाईं चाँडै पक्राउ पर्छन्


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले गत शुक्रबार दुईजनाको ज्यान जाने गरी काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनपछि फरार दुर्गा प्रसाईं चाँडै पक्राउ पर्ने जनाएको छ।

चैत १५ मा भएको उक्त हिंस्रक घटनालाई लिएर बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता एवम् डीआईजी दिनेशकुमार आचार्यले यस्तो बताएका हुन् ।

‘दुर्गा प्रसाईं अहिले फरार भएका छन् । हामी उनीमाथि अनुसन्धानकै क्रममा छ खोजीमा छौँ’, उनले भने, ‘शुक्रबारको दिन ठूलो संख्याको भिड भड्किने भएकाले तत्काल उनलाई पक्राउ गरिएको थिएन ।’

उनी अहिले भागेकाले खोजी भइरहेको पनि आचार्यले बताए । ‘प्रहरीले त्यसदिन ठूलो भिड भएकाले पक्राउ गर्न सम्भव भएन’, उनले भने, ‘सिंहदरबार, संसद् भवन र एयरपोर्ट नै कब्जा गर्ने भनेर केही व्यक्तिले भिडलाई भड्काएका थिए । प्रहरीले संयमता अपनाएको थियो ।’

प्रवक्ता आचार्यले प्रसाईं कहाँ लुकेका छन् भन्ने अहिले खुलाउन नमिल्ने बताए । ‘हामी खोजिरहेका छौँ । उनी कहाँ छन् भन्ने हामीले भन्न मिल्दैन ।’

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ४ : ४४ बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले