फिरौती उठाएको आरोपमा बाँकेबाट एक जना पक्राउ « Khabarhub

फिरौती उठाएको आरोपमा बाँकेबाट एक जना पक्राउ


१९ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– सामाजिक सञ्जालको प्रयोग गरी फिरौती उठाएको आरोपमा प्रहरीले बाँकेको कोहलपुरबाट एक जना युवकलाई पक्राउ गरेको छ । 

सुर्खेतको भेरीगङ्गा नगरपालिका–७ काठेघारी बस्ने ४१ वर्षीय रामबहादुर बिसी (बुढाक्षेत्री) लाई फिरौती माग गर्नुका साथै ठगीलगायत विभिन्न आरोपका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । 

कोहलपुर–५ मा डेरा गरी बस्दै आएका बिसी भारतीय ग्याङस्टारका नाइके लरेन्स विश्नोई र अनमोल विश्नोईको नाम लिँदै फिरौती माग गरेको, ठगीलगायत आरोपका आधारमा निजलाई पक्राउ गरिएको उनले बताए ।

विश्नोईको नाम लिँदै पाँच करोड भारु अर्थात् आठ करोड फिरौती माग गरेको पाइएको प्रनाउ भण्डारीले जानकारी दिए ।  

सामाजिक सञ्जाल ह्वाट्सएप प्रयोग गरी बिसीले फिरौती माग गरेको जानकारी दिँदै प्रनाउ भण्डारीले विदेशी नम्बरको ह्वाट्सएपबाट फोन गरेर धम्क्याउनेसमेत गरेको उल्लेख गरे । ‘निजविरुद्ध इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट विसं २०६१ साउन २७ मा जीउ मास्ने, बेच्ने उद्योगको कसुरमा मुद्दा चलेको थियो । त्यतिबेला एक नेपाली युवतीलाई ललाइफकाइ विवाह गर्छु भन्दै काँकडभिट्टाबाट भारत लगेको आरोप छ’, उनले भने ।

विसं २०६२ चैत ८ मा सर्वसाधारणलाई धम्की दिँदै चन्दा असुली गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाबाट बिसीविरुद्ध मुद्दा चलेको थियो । यसको दुई वर्षपछि फिरौती रकम असुलेको आरोपमा काठमाडौँबाटै निजविरुद्ध मुद्दा चलेको प्रहरीले जनाएको छ । 

विसं २०६४ भदौ ९ मा महानगरीय प्रहरी परिसर काठमाडौं (हाल जिल्ला प्रहरी परिसर)बाट उनीविरुद्ध फिरौती लिएको आरोपमा मुद्दा चलेको थियो । निजमाथि एक व्यक्तिलाई नियन्त्रणमा लिएर ट्याक्सीमा राख्दै धम्क्याएर फिरौती असुलेको आरोप रहेको प्रनाउ भण्डारीले उल्लेख गरे । 

‘आरोपीलाई कर्तव्य कसुरमा पनि मुद्दा चलाइएको छ । विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनमा एक व्यक्तिलाई गोली हानी हत्या गरेको आरोप पनि उनलाई लागेको छ  । विसं २०६४ चैत २७ मा संविधानसभाका उम्मेदवार ऋषि शर्मा प्रचारप्रसार सकेर आउँदै गर्दा सुर्खेतको मेहलकुना जहरेबजार नजिक लोदे भन्ने ठाउँमा शर्माको गोली हानी हत्या भएको थियो । त्यसबेला इलाका प्रहरी कार्यालय छिन्चुबाट बिसीविरुद्ध मुद्दा चलेको थियो’, उनले भने । 

विसं २०६५ चैतमा द्वन्द्वपीडित सेना प्रहरीको आन्दोलनको क्रममा प्रहरीको हतियार खोसेको घटनामा उनीविरुद्ध काठमाडौँबाट मुद्दा चलेको प्रनाउ भण्डारीले जानकारी दिनुभयो । यसबाहेक पनि धेरै घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ५ : २३ बजे

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर