तीनकुनेको राजावादी आन्दोलनका क्रममा २० जनालाई लाग्यो गोली « Khabarhub

तीनकुनेको राजावादी आन्दोलनका क्रममा २० जनालाई लाग्यो गोली


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको आन्दोलनका क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली २० जनालाई लागेको खुलेको छ।

दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वमा राजावादीहरूले गरेको आन्दलनमा हिंसात्मक झडप हुँदा प्रहरीले गोलीसमेत चलाएको थियो ।

त्यसक्रममा १८ जना पुरूष र २ जना महिलासहित २० जनालाई गोली लागेको पुष्टि बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता एवम् डीआईजी दिनेश आचार्यले गरेका छन् ।

‘त्यस आन्दोलनका क्रममा ७४६ राउन्ड अश्रुग्यास हानिएको थियो । प्रहरीले झडपका क्रममा बन्दुकबाट ब्ल्याङ्क १९२ राउन्ड चलाएको थियो । त्यसमा ५८ वटा लाइट राउन्ड हानिएको थियो । पेस्तोलको गोली ३ राउन्ड चलेको छ’, उनले भने, ‘त्यसक्रममा १८ पुरूष र २ महिलासहित २० जनालाई गोली लागेको तथ्यांक प्राप्त भएको छ ।’

राजावादीसँगको झडपका क्रममा ५५ जना नेपाल प्रहरी र २३ जना सशस्त्र प्रहरी घाइते भएको पनि उनले बताएका छन् । झडपका क्रममा अन्य कयौँ घाइते भए पनि सबै विवरण प्राप्त नभएको उनले बताए ।

कोटेश्वरको भाटभटेनी क्षेत्रमा पनि दुईजनालाई गोली लागेकोबारे अनुसन्धान भइरहेको उनले बताए । आचार्यले भाटभटेनी लुट्न पुगेको समूहलाई तितरबितर पार्ने क्रममा त्यस क्षेत्रमा पनि गोली चलेको हुन सक्ने जानकारी दिए ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ५ : १९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन