ट्रकबाट बरामद २५ करोडका मालिक सिन्धुपाल्चोकका नारायण पौडेल, पक्राउ पुर्जी जारी « Khabarhub

ट्रकबाट बरामद २५ करोडका मालिक सिन्धुपाल्चोकका नारायण पौडेल, पक्राउ पुर्जी जारी


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत चैत ५ गते सबेरै बिहान बिहान काठमाडौंको झोरबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको अमेरिकी डलर र युरो सिन्धुपाल्चोकका नारायण पौडेलको रहेको खुलेको छ ।

राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानबाट उक्त परिमाणको रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने पौडेलको भएको खुलेको हो। त्यसबेला उक्त रकमसहित सिन्धुपाल्चोककै ट्रक चालक कुसाङ लामा समातिएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २५ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित पक्राउ सिन्धुपाल्चोकका ४१ वर्षीय कुसाङ लामालाई पक्राउ गरेको थियो ।

‘उक्त रकम सिन्धुपाल्चोकका नारायण पौडेलको भएको अनुसन्धानबाट पुष्टि भइसकेको छ’, विभागका एकजना अनुसन्धान अधिकारीले खबरहबलाई भने,‘उनीविरुद्ध ४ दिनअघि नै पक्राउ पुर्जी जारी भइसकेको छ ।’

विभागका ती अधिकारीका अनुसार उक्त रकम उनी एक्लैको भएको खुलेको छ । ‘अनुसन्धानबाट ट्रक चालक कुसाङ भरिया र उक्त रकमका मालिक पौडेल भएको खुलेको छ’, ती अधिकारीले खबरहबलाई भने, ‘उक्त रकम उनी एक्लैको भएको पाइएको छ । त्यहीकारण उनलाई मात्रै पक्राउ पुर्जी जारी भइसकेको छ।

त्यसबेला प्रारम्भिक बयानका क्रममा उनले आफूलाई दुईजना अपरिचित व्यक्तिहरूले अमेरिकी डलर र युरोपियन मुद्रासहितको रकम रसुवागढी हुँदै केरुङसम्म लगिदिन भनेका बयान दिएका थिए ।

‘दुईजना अमुक व्यक्तिले रकम दिएको कुरा उनले हामीलाई खुलाएका छन्’, उनले भनेका थिए, ‘अहिलेसम्मको अनुसन्धानमा कुन्साङभरिया मात्रै रहेको खुलेको छ । रकम दिने दुई व्यक्तिबारे अहिले अनुसन्धान भइरहेकाले केही खुलिसकेको छैन ।’

कुसाङ यसअघि कलंकीबाट ७ केजी सुनसहित पक्राउ परेर ५ वर्ष जेल बसेपछि २०७८ सालमा रिहा भएको पनि खुलेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ५ : ३८ बजे

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ