तीनकुने घटनाबारे गृहमन्त्रीले भने- सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि हमला गर्नेलाई हदैसम्मको कारबाही हुन्छ « Khabarhub

तीनकुने घटनाबारे गृहमन्त्रीले भने- सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि हमला गर्नेलाई हदैसम्मको कारबाही हुन्छ


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले यही चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  
 
नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहाल नेतृत्वको टोलीले आज मन्त्रालयमा दिएको ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री लेखकले अराजक, हिंस्रक एवम् सिद्धान्त बिनाको भिडले तीनकुनेमा वितण्डा मच्चाएको घटनाप्रति सरकार गम्भीर रहेको बताए ।  

‘तीनकुनेमा भएको अराजक भिडको कुनै निश्चित वाद, सिद्धान्त केही पनि थिएन, मात्रै आपराधिक कार्य गर्ने उद्देश्य थियो, लक्ष्य थियो ।’ गृहमन्त्री लेखकले भने, ‘विध्वंस मच्चाउने झुण्डले उग्रता देखायो, त्यसको मार सञ्चारगृह र सञ्चारकर्मीलाई पर्न गएको छ, यस विषयमा नेपाल सरकार गम्भीर छ ।’

उनले हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारकर्मी रहेको घरमा आगजनी गर्ने, सञ्चार गृह र सञ्चारकर्मीलाई निसाना बनाएको विषयमा सरकारले निष्पक्ष छानबिन गरी दोषी पक्षलाई कारबाही गरिने बताए ।  
 
यसैगरी तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक र अन्य घाइते पत्रकारका  विषयमा गम्भीर भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले उक्त विषयमा के गर्न सकिन्छ भन्ने विषयमा सरकार लागिरहेको छ भने ।  
 
सो अवसरमा महासचिव दाहालले तीनकुने घटनामा परी एक फोटो पत्रकारको ज्यान गएको र सञ्चार गृहहरूमाथि हमला भएको घटनाको निष्पक्ष छानबिन गर दोषी पक्षलाई हदैसम्मको कारबाही गर्न अनुरोध गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ५ : ४६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना