संसद्तिर छिर्न नदिन १२:५० मा पहिलो अश्रुग्यास, एयरपोर्टतिर जान रोक्न २:५४ मा पहिलो गोली « Khabarhub

राजावादी आन्दोलनको दृश्य

संसद्तिर छिर्न नदिन १२:५० मा पहिलो अश्रुग्यास, एयरपोर्टतिर जान रोक्न २:५४ मा पहिलो गोली


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले शुक्रबार (चैत १५) तीनकुनेमा राजावादी प्रदर्शनकारीहरू हिंसात्मक रुपमा प्रस्तुत भएपछि गोली चलाउनुपरेको स्पष्टीकरण दिएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले उत्तेजित भिड हिंसात्मक रुपमा प्रस्तुत भएपछि नियन्त्रणमा लिन गोली चलाउनुपरेको बताए।

डीआईजी आचार्यले अराजक भिडलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको स्वीकारे ।

प्रवक्ता आचार्यले तीनकुनेमा भेला भएका प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्दै संसद् भवनतर्फ अघि बढ्न खोजेपछि नियन्त्रणमा लिन त्यहाँ तैनाथ प्रहरीले शुक्रबार मध्यान्ह १२ बजेर ५० मिनेटमा पहिलो अश्रुग्यास प्रहार गरेको बताएका छन् ।

त्यसपछि प्रदर्शनकारीहरू उग्र हुँदै त्रिभुवन विमानस्थलतर्फ अघि बढेपछि शुक्रबार दिउँसो २ बजेर ५४ मिनेटमा प्रहरीले पहिलो गोली प्रहार गरेको उनले बताए ।

तीनकुने घटनामा राजावादी प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईंले निषेधित क्षेत्र तोड्दै भिडलाई उक्साएको उनले बताए । आचार्यका अनुसार प्रसाईं निषेधित क्षेत्र तोड्दै संसद् भवनतिर अघि बढ्न खोजेपछि परिस्थति बिग्रिएको हो ।

शुक्रबार २ महिला र १८ पुरुषसहित २० जनालाई गोली लागेको उनले जानकारी दिए । आचार्यले आन्दोलनका क्रममा जम्मा ५८ राउन्ड गोली प्रहार भएको बताए । ७४६ राउन्ड अश्रु ग्यास र र १९२ पटक ब्ल्यांक फायर भएको उनले उल्लेख गरे ।

दुर्गा प्रसाईं नेतृत्वको भीड तीनकुनेबाट जवरजस्ती अघि बढेपछि प्रदर्शनकारी थप उत्तेजित भएको उनले जानकारी दिए ।

प्रहरीले निषेधित क्षेत्रबाट हटाएपछि तीनकुनेको मञ्चबाट दुर्गा प्रसाईं र रवीन्द्र मिश्रले संसद् भवन, सिंहदरबार र विमानस्थल कव्जा गर्न माइकिङ गर्दै निर्देशन दिएको पनि आचार्यले बताए । यी दुईको निर्देशनपछि प्रदर्शनकारी तोडफोडमा उत्रिएको प्रवक्ता आचार्यले बताएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ६ : ०३ बजे

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन स्थल फेरियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्

वाशिङ्टन- इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती– मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता

गुरुकुलमा यौन अपराध : ‘अपवित्र’भएँ भन्दै नाबालिग रोएपछि बाहिरियो घटना

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा हुने

सरकारी कार्यालय परिसरबाट कर्मचारी संघ-संगठनका कार्यालय हटाउन सात दिने अल्टिमेटम

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालनमा