संसद्तिर छिर्न नदिन १२:५० मा पहिलो अश्रुग्यास, एयरपोर्टतिर जान रोक्न २:५४ मा पहिलो गोली « Khabarhub

राजावादी आन्दोलनको दृश्य

संसद्तिर छिर्न नदिन १२:५० मा पहिलो अश्रुग्यास, एयरपोर्टतिर जान रोक्न २:५४ मा पहिलो गोली


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले शुक्रबार (चैत १५) तीनकुनेमा राजावादी प्रदर्शनकारीहरू हिंसात्मक रुपमा प्रस्तुत भएपछि गोली चलाउनुपरेको स्पष्टीकरण दिएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले उत्तेजित भिड हिंसात्मक रुपमा प्रस्तुत भएपछि नियन्त्रणमा लिन गोली चलाउनुपरेको बताए।

डीआईजी आचार्यले अराजक भिडलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको स्वीकारे ।

प्रवक्ता आचार्यले तीनकुनेमा भेला भएका प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्दै संसद् भवनतर्फ अघि बढ्न खोजेपछि नियन्त्रणमा लिन त्यहाँ तैनाथ प्रहरीले शुक्रबार मध्यान्ह १२ बजेर ५० मिनेटमा पहिलो अश्रुग्यास प्रहार गरेको बताएका छन् ।

त्यसपछि प्रदर्शनकारीहरू उग्र हुँदै त्रिभुवन विमानस्थलतर्फ अघि बढेपछि शुक्रबार दिउँसो २ बजेर ५४ मिनेटमा प्रहरीले पहिलो गोली प्रहार गरेको उनले बताए ।

तीनकुने घटनामा राजावादी प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईंले निषेधित क्षेत्र तोड्दै भिडलाई उक्साएको उनले बताए । आचार्यका अनुसार प्रसाईं निषेधित क्षेत्र तोड्दै संसद् भवनतिर अघि बढ्न खोजेपछि परिस्थति बिग्रिएको हो ।

शुक्रबार २ महिला र १८ पुरुषसहित २० जनालाई गोली लागेको उनले जानकारी दिए । आचार्यले आन्दोलनका क्रममा जम्मा ५८ राउन्ड गोली प्रहार भएको बताए । ७४६ राउन्ड अश्रु ग्यास र र १९२ पटक ब्ल्यांक फायर भएको उनले उल्लेख गरे ।

दुर्गा प्रसाईं नेतृत्वको भीड तीनकुनेबाट जवरजस्ती अघि बढेपछि प्रदर्शनकारी थप उत्तेजित भएको उनले जानकारी दिए ।

प्रहरीले निषेधित क्षेत्रबाट हटाएपछि तीनकुनेको मञ्चबाट दुर्गा प्रसाईं र रवीन्द्र मिश्रले संसद् भवन, सिंहदरबार र विमानस्थल कव्जा गर्न माइकिङ गर्दै निर्देशन दिएको पनि आचार्यले बताए । यी दुईको निर्देशनपछि प्रदर्शनकारी तोडफोडमा उत्रिएको प्रवक्ता आचार्यले बताएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ६ : ०३ बजे

पोखराका रोसिङ्टनको अर्धशतक

काठमाडौं- पोखरा एभेन्जर्सका आडम रोसिङ्टनले कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका

आन्दोलनमा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण योजना बनाउन समितिको कार्यविधि ३० दिन थपिने

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक

तस्बिरमा हेर्नुहोस्, कर्णाली र पोखराको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्स र पोखरा

एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी

एजेन्सी– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बारे रहेको व्यापक उत्साहका बीच यसको प्रभावले

एम्बुलेन्स दुर्घटना : घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो

टक्सार– यहाँको हतुवागढी गाउँपालिका–६ होम्ताङमा आज भएको एम्बुलेन्स दुर्घटनाका घाइते