महजोडीले राष्ट्रपतिलाई भने- देश बन्दैछ तर नेतालाई सुधार्न घचघच्याउनु पर्‍यो  « Khabarhub

महजोडीले राष्ट्रपतिलाई भने- देश बन्दैछ तर नेतालाई सुधार्न घचघच्याउनु पर्‍यो 


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भेटेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गराउन सुशासन, चुस्त सेवाप्रवाह र भ्रष्टाचार अन्त्यका लागि अभिभावकका हैसियतले राजनीतिक दलका नेताहरूलाई घचघच्याउन आग्रह गरेका छन् । 

भेटपछि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको विश्वास कायमै रहेको बताए । तर, राजनीतिक दलका नेताहरूको गलत क्रियाकलापप्रति जनताको असन्तुष्टि रहेको हुनाले राजनीतिक नेतृत्वलाई राष्ट्रपतिज्यूले सुधारका लागि घचघच्याइन आफूहरूले सुझाव दिएको जानकारी दिए ।

‘देश बिग्रेको होइन, बनिरहेको छ तर सुशासन पटक्कै भएन, बिचौलियाले जनतालाई मारमा पारे । राष्ट्रपतिज्यूले यसमा सम्बद्ध सबैलाई घचघच्याइ दिनुपर्‍यो’, आफूहरूले राष्ट्रपतिसँग गरेको आग्रह उद्धृत गर्दै उनीहरूले भने । 

उनीहरूले आफूहरूले राष्ट्रपतिसँग अरूलाई कसैलाई मन पराएका होइनन्, लोकतन्त्र भित्रै सुधार हुनुपर्‍यो भन्ने जनताको असन्तुष्टि हो, त्यसैले यसभित्रै सुधारका लागि पहल गर्न आवश्यक छ भनेको जानकारी दिए ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ६ : १२ बजे

एमालेले बनायो स्याङ्जा-१ मा मीनप्रसाद र २ मा खिम थापालाई उम्मेदवार

वालिङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी

गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का

काठमाडौं – लगातार फिल्म फ्लप भएपछि नायक कसरी बेरोजगार हुन्छन्

मेयर पदबाट राजीनामा दिएर रास्वपा कार्यालय पुगे बालेन, बजाए घण्टी

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह बालेन राष्ट्रिय स्वतन्त्र

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका