मुख्यन्त्री पाण्डे भन्छन्, लागूऔषध नियन्त्रणका लागि सामूहिक प्रयास चाहिन्छ « Khabarhub

मुख्यन्त्री पाण्डे भन्छन्, लागूऔषध नियन्त्रणका लागि सामूहिक प्रयास चाहिन्छ


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कास्की : कास्कीमा आजदेखि लागूऔषध नियन्त्रण महाअभियान २०८१/८२ शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिको संयुक्त आयोजनामा अभियान सञ्चालन गरिएको हो । लागूऔषध नियन्त्रण लागूऔषध दुव्र्यसनलाई नियन्त्रण, लागूऔषधिको कारोबार तथा बिक्री वितरण, ओसारपसारलाई नियन्त्रण गर्न र समाजमा सचेतनामूलक विभिन्न कार्यक्रम गरी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियानको रहेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अभियानको उद्घाटन गर्दै लागूऔषध समाजको प्रमुख समस्याका रूपमा रहेकाले यसको नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए । “लागूऔषधका कारणले समाजमा अपराधका घटना वृद्धि भइरहेका छन् । यसको नियन्त्रणका लागि सरकारी तथा निजी क्षेत्रका सरोकारवाला पक्षको सक्रिय सहभागिता, साझेदारी र सहयोग आवश्यक पर्दछ”, पाण्डेले भने ।

पछिल्लो समयमा युवाहरू बढी लागूऔषध दुव्र्यसनीबाट पीडित भइरहेकाले उनीहरूलाई कुलतबाट हटाउने पहिलो दायित्व परिवारको भएको उनले बताए । “आमा/बुबा तथा छरछिमेकले आफ्ना बाबुनानीले के गर्दै छन्, कस्तो संगत गर्दै छन् भन्ने कुराको जानकारी लिनुपर्दछ । उनीहरूलाई माया ममता, स्नेह तथा अपनत्व हुने गरी बढी परिवारमै घुलमिल गराउनुपर्दछ”, मुख्यमन्त्री पाण्डेले भने ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जिल्लामा लागूऔषधको ओसारपसार, उत्पादन तथा बिक्री वितरणको कार्य रोक्नका लागि विशेष टोली परिचालन गर्ने गरिएको बताए । उनले महाअभियानमा विभिन्न शीर्षकमा ४७ वटा गतिविधि समेटिएका र यसलाई छ महिनासम्म महाअभियानको रूपमा वडा वडामा लैजाने बताए ।

कार्यक्रममा पोखरा नाटक घरबाट लागूऔषध दुव्र्यसनीसम्बन्धी सडक नाटक तथा विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा हाम्रो परिवार नेपाल लागूऔषध सुधार केन्द्रका सञ्चालक शिव न्यौपाने आफू लागुऔषधको दुव्र्यसनीमा फस्दाको अवस्थामा भोग्नुपरेको पीडा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ६ : ५६ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्