फोहोर नगरी आन्दोलन गरेकोमा मेयर बालेन्द्रले दिए शिक्षकलाई धन्यवाद « Khabarhub

फोहोर नगरी आन्दोलन गरेकोमा मेयर बालेन्द्रले दिए शिक्षकलाई धन्यवाद


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर नगरी आन्दोलन गरेकोमा शिक्षकलाई धन्यवाद दिएका छन् । बुधबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर शाहले फोहर नगरी, केही नभत्काई आन्दोलन गरेको भन्दै शिक्षकहरुलाई धन्यवाद दिएका हुन् ।

उनले कसैलाई जरिवाना तिराउन भन्दा पनि सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर चेतनाको विकास होस् भन्ने महानगरको चाहना रहेको उल्लेख गरे । उनले शिक्षकहरुलाई यही शिक्षा आफ्ना विद्यार्थीहरूलाई पनि दिन आग्रह गरेका छन् । फेसबुकमा उनले लेखेका छन्– ‘प्रीय शिक्षकहरू, तपाईहरूले आफ्नो आन्दोलन फोहोर नगरि, केहि नभत्काइ गरि दिनुभयो, धन्यवाद । हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो । सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यहि शिक्षा तपाईले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला ।’

उनले चेतनशील समाजको निर्माण गर्न पनि सबैलाई आग्रह गरेका छन् । उनले लेखेका छन्– ‘तपाईहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईहरूको त झन् ठुलो जिम्मेवारी र भुमिका छ यसमा । कृपया, आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिनुहोला । गाउँ गाउँमा सिहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपरोस् ।’

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ७ : ०८ बजे

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ

विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण