फोहोर नगरी आन्दोलन गरेकोमा मेयर बालेन्द्रले दिए शिक्षकलाई धन्यवाद « Khabarhub

फोहोर नगरी आन्दोलन गरेकोमा मेयर बालेन्द्रले दिए शिक्षकलाई धन्यवाद


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर नगरी आन्दोलन गरेकोमा शिक्षकलाई धन्यवाद दिएका छन् । बुधबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर शाहले फोहर नगरी, केही नभत्काई आन्दोलन गरेको भन्दै शिक्षकहरुलाई धन्यवाद दिएका हुन् ।

उनले कसैलाई जरिवाना तिराउन भन्दा पनि सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर चेतनाको विकास होस् भन्ने महानगरको चाहना रहेको उल्लेख गरे । उनले शिक्षकहरुलाई यही शिक्षा आफ्ना विद्यार्थीहरूलाई पनि दिन आग्रह गरेका छन् । फेसबुकमा उनले लेखेका छन्– ‘प्रीय शिक्षकहरू, तपाईहरूले आफ्नो आन्दोलन फोहोर नगरि, केहि नभत्काइ गरि दिनुभयो, धन्यवाद । हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो । सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यहि शिक्षा तपाईले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला ।’

उनले चेतनशील समाजको निर्माण गर्न पनि सबैलाई आग्रह गरेका छन् । उनले लेखेका छन्– ‘तपाईहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईहरूको त झन् ठुलो जिम्मेवारी र भुमिका छ यसमा । कृपया, आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिनुहोला । गाउँ गाउँमा सिहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपरोस् ।’

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ७ : ०८ बजे

एमालेले बनायो स्याङ्जा-१ मा मीनप्रसाद र २ मा खिम थापालाई उम्मेदवार

वालिङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी

गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का

काठमाडौं – लगातार फिल्म फ्लप भएपछि नायक कसरी बेरोजगार हुन्छन्

मेयर पदबाट राजीनामा दिएर रास्वपा कार्यालय पुगे बालेन, बजाए घण्टी

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह बालेन राष्ट्रिय स्वतन्त्र

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका