स्लोभाकियाद्वारा ३५० भालु मार्न अनुमति प्रदान, संरक्षणवादीहरू क्रोधित « Khabarhub

स्लोभाकियाद्वारा ३५० भालु मार्न अनुमति प्रदान, संरक्षणवादीहरू क्रोधित


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

ब्रातिस्लाभा – स्लोभाक सरकारले बुधबार मानिसहरूलाई खतरा उत्पन्न भएको भन्दै तीन सय ५० भालुलाई गोली हानेर मार्न अनुमति दिएको छ । यस कदमलाई संरक्षणवादीहरूले गैरकानूनी भन्दै आलोचना गरेका छन् ।

मध्य स्लोभाकियामा सम्भवतः आइतबार भालुले मारेको मानिसको अवशेष फेला पार्नुका साथै मानिसमाथि धेरै भालुले आक्रमण गरेपछि यो निर्णय आएको हो ।

“हामी यस्तो देशमा बस्न सक्दैनौँ जहाँ मानिसहरू जङ्गलमा जान डराउँछन्”, प्रधानमन्त्री रोबर्ट फिकोले पत्रकारहरूलाई भने । फिकोको सरकारले पनि ‘अवाञ्छनीय’ भालु उपस्थितिका कारण अधिकांश स्लोभाक जिल्लामा आपत्कालीन अवस्था घोषणा गरेको छ ।

स्लोभाक संसद्ले पहिले नै सन् २०२४ मे महिनामा भालु मार्ने नियमहरू खुकुलो पारेको थियो । ती नियमले धेरै जिल्लामा प्रतिबन्धबाट छुट दिन अनुमति दिएको छ । तर देशले युरोपेली सङ्घ (इयु) को निर्देशनको पालना गर्नुपर्छ । निर्देशनले कुनै अन्य समाधान नभएको अवस्थामा मात्र सम्पत्तिमा क्षति पुर्‍याउने वा मानिसहरूलाई आक्रमण गर्ने समस्याग्रस्त भालुहरू मात्र मार्न अनुमति दिन्छ ।

सन् २०२४ मा ५४ लाख जनसङ्ख्या भएको युरोपेली सङ्घ (इयु) को सदस्य मुलुक स्लोभाकियामा ९३ वटा भालु गोली हानेर मारिएको र ३६ वटाको कार दुर्घटनामा मृत्यु भएको दैनिक डेनिक एनले बताएको थियो ।

यद्यपि जान कुचियाक इन्भेस्टिगेटिभ सेन्टरका पत्रकारहरूले सन् २०२४ देखि ५० वटा घटनाको अध्ययनका आधारमा सिकारीहरूले सम्भवतः मानिसहरूमाथि आक्रमण गरेका भालुहरूलाई कहिल्यै नमारेको बताएका छन् ।

पर्यावरणमन्त्री टोमस ताराबाले बुधबार स्लोभाकियामा एक हजार तीन सयभन्दा बढी भालु रहेको र जनसङ्ख्या बढ्दै जाँदा आठ सय ‘पर्याप्त सङ्ख्या’ भएको बताए । तर बुधबारको निर्णयले अन्तर्राष्ट्रिय दायित्वको उल्लङ्घन गरेको र वातावरण मन्त्रालयले जानाजानी कानून उल्लङ्घन गरेको भन्दै संरक्षणवादीहरूले सरकारको आलोचना गरेका छन् ।

संरक्षणवादीहरूले मन्त्रालयलाई बरु मानिसहरूलाई प्रकृतिमा कसरी सुरक्षित रहने भनेर सिकाउन आह्वान गरे । “अप्रभावकारी समाधानहरूको सट्टा हामीले रोकथामलाई सुदृढ गर्न आवश्यक छ – शिक्षा, फोहोर हटाउने व्यवस्था, सिकारलाई आकर्षित गर्ने नियमन वा प्रकृतिमा सुरक्षित आवागमन बारे जनतालाई सूचित गर्ने”, एभिस फाउन्डेसनले फेसबुकमा भनेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ८ : ५६ बजे

काठमाडौंका डाँडामा फुल्न थाले काँस, शरद ऋतु आगमनको संकेत (तस्बिरहरु)

काठमाडौं– मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट

कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

काठमाडौं- भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौं- गत भदौमा रु पाँच अर्ब नौ करोड २४ लाख