१३ जना जुवाडे पक्राउ « Khabarhub

१३ जना जुवाडे पक्राउ


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ चपाचोस्थित सिन्धुली मरिण गाउँपालिका घर भएका ४२ वर्षीय फुर्वा थिङको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा फुर्वासमेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ५ सय ५० रुपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो ।

यसै गरी भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कोटेश्वर बस्ने नुवाकोट तादी गाउँपालिका-३ घर भएका ३२ वर्षीय सुजन दाहाल समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय रुपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  १२ : ४३ बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर