पाथीभरा केबलकारबारे कोशीका मुख्यमन्त्री र मन्त्रीबीचको मतभेद लगानी सम्मेलनमा पोखियो | Khabarhub Khabarhub

पाथीभरा केबलकारबारे कोशीका मुख्यमन्त्री र मन्त्रीबीचको मतभेद लगानी सम्मेलनमा पोखियो


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

विराटनगर-पाथीभरा केबलकार निर्माणबारे कोशीका मुख्यमन्त्री र मन्त्रीबीच मतभेद ताप्लेजुङको पाथीभरा मन्दिरसम्मको केबलकार निर्माणबारे कोशी प्रदेश सरकारभित्रको मतभेद सार्वजनिक रुपमा छताछुल्ल भएको छ।

प्रदेशका मुख्यमन्त्री एवम् एमाले स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की र उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामबीच पाथीभरा केवलकारलाई लिएर सार्वजनिक रुपमै मतभेद पोखिएको हो ।

मुख्यमन्त्री कार्की झापाबाट निर्वाचित हुन् । उता हाङ्गाम ताप्लेजुङ प्रदेशसभा ‘ख’ बाट निर्वाचित हुन् । उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।

बिहीबार विराटनगरमा आयोजित ‘कोशी प्रदेशको आर्थिक अवस्था, लगानीका सम्भावना र चुनौती’ विषयक अन्तरसंवादमा एकै सरकारका सहयात्रीबीच घोचपेच भएको हो ।

आफैंले आयोजना गरेको लगानी सम्मेलनको सार्वजनिक मञ्चमा कार्की र हाङ्गामले फरक र विपरीत भनाइ राखेपछि केवलकारबारे नयाँ विवाद देखिएको हो ।

कार्यक्रममा मुख्यमन्त्री कार्की प्रमुख अतिथि र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल विशिष्ट अतिथिका रूपमा मञ्चमा थिए ।

मुख्यमन्त्री कार्कीले उक्त कार्यक्रमलाई सम्बोधनका क्रममा पाथीभरा केबलकार परियोजनामा देखिएको अवरोध र विवादलाई ‘बिडम्बनापूर्ण’ भने ।

उनले केबलकारको विरोध अनावश्यक भन्दै उक्त कार्यको आलोचनासमेत गरे। ‘केबलकार बन्न थालेपछि जातीय पहिचानको कुरा झिकियो । पूर्वाधारमा लगानी रोक्ने प्रयास गरियो, यो समग्र प्रदेशकै लागि दु:ख लाग्दो कुरा हो’, उनले भने, ‘निजी क्षेत्रबाट भइरहेको प्रयासको प्रशंसा र सहयोग गर्नुपर्छ । चन्द्र ढकालको नेतृत्वमा सुरु गरिएको परियोजनालाई सकारात्मक रुपमा लिएर अघि बढाउनुपर्छ ।’

उता त्यही मञ्चमा रहेका मन्त्री हाङ्गामले समुदायको संस्कार, संस्कृति र पहिचानलाई बेवास्ता गरेर थालिने विकास आवश्यक नरहेको टिप्पणी गरे । ‘हामी विकास विरोधी होइनौँ, तर संस्कृति र परम्परालाई जोगाएर मात्रै विकास गर्नुपर्छ,’मन्त्री हाङ्मामले भने ।

उता उक्त कार्यक्रममा सहभागी उद्योग वाणिज्य संघका अध्यक्ष ढकालले आफू कुनै पनि समुदाय वा संस्कृतिको विरोधमा नरहेको जवाफ दिए ।

ढकालले सबै धर्म, संस्कृति र पहिचानलाई सम्मान गर्दै परियोजना अगाडि बढाइरहेको स्पष्टीकरण पनि दिए । ‘पाथीभरा केबलकार परियोजनामार्फत् स्थानीय संस्कृति संरक्षणका लागि पनि हामी तयार छौं,’ उनले पहिचानवादीलाई फकाउने कोसिससहित भने ।

ढकालले संघ, प्रदेश र स्थानीय सरकारले लगानीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताए । उनको इशारा ताप्लेजुङमा केबलकार निर्माणमा देखिएको अवरोधप्रति थियो ।

उक्त सम्मेलनमा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले सातवटा कानुन संशोधन गरेको बताए । उनले नयाँ नीति ल्याउने तयारी भएको बताउँदै स्विस सरकारसँगको सहकार्यमा आगामी दुई वर्षभित्र ६ अर्ब ऋण प्रवाह हुने जानकारी दिए ।

कार्कीले कोशी प्रदेश सरकार लगानीकर्ता र निजीक्षेत्रको वारेस बन्न तयार रहेको बताए । उनले कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित गर्न र लागनीका लागि भएका झन्झट अन्त्य गर्न प्रदेश सरकारले विभिन्न ८ वटा कानुन अध्यादेशमार्फत संसोधन गरेको जानकारी दिए । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारबाट हुने कामहरु तुरुन्तै गरिने र संघीय वारेस बनेर सहजीकरण गर्ने बताए ।

उनले कोशी प्रदेश लागनी सम्मेलनलाई लिएर निजी क्षेत्र उत्साहित रहेको बताए । कोशी प्रदेश लागनी सम्मेलनमा विभिन्न ८ वटा क्षेत्रका ७१ वटा परियोजना सोकेसमा राखिएको छ । एक वर्षसम्म निरन्तर निजी क्षेत्रसँग समन्वय र छलफल पछि परियोजनाहरु छनोट गरिएको उनले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  २ : २८ बजे

अर्थमन्त्री पौडेल र विश्व बैंक क्षेत्रीय उपाध्यक्ष जुटबीच भेट 

काठमाडौं– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण

करेन्ट लागेर एक जनाको मृत्यु

बाँके- राप्ती सोनारी गाउँपालिका-२ मधुवा बस्ने ३० वर्षीय सुमन चौधरीको करेन्ट

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कञ्चनपुर– बेदकोट नगरपालिका-९ कोल्डस्टोरस्थित सडकमा बा.६६ प २९६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई

अविषेक र आकृतिलाई डेब्यू गराउँदै लभ स्टोरी फिल्ममा फर्किए दिनेश, सुरु गरे ‘कुमारी’काे सुटिङ

काठमाडौं – अविषेक खड्का र आकृति राज भण्डारीलाई शीर्ष भूमिकामा

विधायन व्यवस्थापन समिति : अनिवार्य अवकाशसम्बन्धी व्यवस्थामा सहमति

 काठमाडौं– राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले प्रतिनिधिसभाले पास गरेअनुसार नै राष्ट्रसेवक