नेपाल विद्युत प्राधिकरणको सम्पत्ति साढे ६ खर्ब नजिक « Khabarhub

नेपाल विद्युत प्राधिकरणको सम्पत्ति साढे ६ खर्ब नजिक


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणको सम्पत्ति साढे ६ खर्ब नजिक रहेको छ । नेपाल विद्युत प्राधिकरणले आज श्वेतपत्र जारी गर्दै प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ४४ अर्ब रहेको जनाएको हो ।

प्राधिकरणको कुल सम्पत्तिमध्ये २ खर्ब ३५ अर्ब स्थिर सम्पत्ति र २ खर्ब २० अर्ब बराबर निर्माणाधीन आयोजनाको सम्पत्ति रहेको सार्वजनिक श्वेतपत्रको कार्यकारी सारांशमा उल्लेख छ ।

तर, प्राधिकरणको कुल सम्पत्तिमा भने महालेखापरीक्षकको कार्यालयले लामो समयदेखि भौतिक सम्पत्तिको परीक्षण नभएको, प्रचलित प्रणालीअनुसार रेकर्ड नराखिएको, रेकर्डबाट हटाउनुपर्ने नहटाइएको, सम्पत्तिको रूपमा देखाइएको सम्पत्तिको लालपुर्जा नभएको लगायतका विषय औँल्याएको छ ।

साथै, महालेखाले औँल्याएको भन्दै २४.१२ अर्ब बराबरको सम्पत्ति विना आधार पुँजीकरण गरिएको, ८.१६ अर्ब बराबरको पुँजीकरण गर्नुपर्ने सम्पत्ति नगरिएको, ठेकेदारलाई पेश्कीको रूपमा दिइएको ३८.४० करोड रकम वासलातमा देखाएको लगायतका विषय श्वेतपत्रमा उल्लेख छ ।

नेपाल सरकारले प्राधिकरणमा २ खर्ब ६ अर्ब ७४ करोड शेयर लगानी गरेको, सञ्चित नाफा ४६ अर्ब ४७ करोड, अन्य जगेडा ५ अर्ब ८९ करोड गरी जम्मा इक्विटी २ खर्ब ५९ अर्ब १० करोड रहेको उल्लेख छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ३ : ४२ बजे

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुर पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने