नेपाल विद्युत प्राधिकरणको सम्पत्ति साढे ६ खर्ब नजिक « Khabarhub

नेपाल विद्युत प्राधिकरणको सम्पत्ति साढे ६ खर्ब नजिक


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणको सम्पत्ति साढे ६ खर्ब नजिक रहेको छ । नेपाल विद्युत प्राधिकरणले आज श्वेतपत्र जारी गर्दै प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ४४ अर्ब रहेको जनाएको हो ।

प्राधिकरणको कुल सम्पत्तिमध्ये २ खर्ब ३५ अर्ब स्थिर सम्पत्ति र २ खर्ब २० अर्ब बराबर निर्माणाधीन आयोजनाको सम्पत्ति रहेको सार्वजनिक श्वेतपत्रको कार्यकारी सारांशमा उल्लेख छ ।

तर, प्राधिकरणको कुल सम्पत्तिमा भने महालेखापरीक्षकको कार्यालयले लामो समयदेखि भौतिक सम्पत्तिको परीक्षण नभएको, प्रचलित प्रणालीअनुसार रेकर्ड नराखिएको, रेकर्डबाट हटाउनुपर्ने नहटाइएको, सम्पत्तिको रूपमा देखाइएको सम्पत्तिको लालपुर्जा नभएको लगायतका विषय औँल्याएको छ ।

साथै, महालेखाले औँल्याएको भन्दै २४.१२ अर्ब बराबरको सम्पत्ति विना आधार पुँजीकरण गरिएको, ८.१६ अर्ब बराबरको पुँजीकरण गर्नुपर्ने सम्पत्ति नगरिएको, ठेकेदारलाई पेश्कीको रूपमा दिइएको ३८.४० करोड रकम वासलातमा देखाएको लगायतका विषय श्वेतपत्रमा उल्लेख छ ।

नेपाल सरकारले प्राधिकरणमा २ खर्ब ६ अर्ब ७४ करोड शेयर लगानी गरेको, सञ्चित नाफा ४६ अर्ब ४७ करोड, अन्य जगेडा ५ अर्ब ८९ करोड गरी जम्मा इक्विटी २ खर्ब ५९ अर्ब १० करोड रहेको उल्लेख छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ३ : ४२ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल