ब्याड बैंक र डिजिटल बैंक खोल्ने सरकारको घोषणा « Khabarhub

ब्याड बैंक र डिजिटल बैंक खोल्ने सरकारको घोषणा


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा दोस्रो वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयन थाल्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकमा आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै दोस्रो वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयनमा लगिने बताएका हुन् ।

बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापन गर्ने सम्पत्त व्यवस्थापन कम्पनी (ब्याड बैंक) स्थापना गर्ने घोषणा पनि नीति तथा कार्यक्रममा गरिएको छ ।

सूचना प्रविधिको पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास गर्ने योजनासहित सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ। सरकारले डिजिटल बैंक स्थापना गर्ने घोषणा पनि गरेको छ ।

पौडेलले नीतिगत र कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गर्ने घोषणा गरे । जसले नगदरहित वित्तीय कारोबार बढाउने उनले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ३ : ५५ बजे

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा