नीति तथा कार्यक्रम : शिक्षा क्षेत्रमा के भन्यो सरकारले ? « Khabarhub

नीति तथा कार्यक्रम : शिक्षा क्षेत्रमा के भन्यो सरकारले ?


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा क्षेत्रमा विद्यालय शिक्षाको शासकीय सुधारको दीर्घकालीन मार्गचित्र तयार गरी पुर्नसंरचना गरिने बताएका छन् ।

राष्ट्रपति पौडेलले संघीय संसदमा प्रस्तुत गरेको मार्गचित्रमा विद्यालय शिक्षा विधेयकलाई बजेट अधिवेशनबाटै पारित गर्नेदेखि संस्थागत–सामुदायिक विद्यालय साझेदारी कार्यक्रम लागु गरेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गरिने बताए ।

यस्ता छन् नीति तथा कार्यक्रममा प्रस्तुत भएका शिक्षा सम्बन्धी मुख्य कार्यक्रम –

१. शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र जीवन उपयोगी बनाइने ।
२. विद्यालय शिक्षाको शासकीय सुधारको दीर्घकालीन मार्गचित्र तयार गरी पुर्नसंरचना गरिने ।
३. विद्यालय शिक्षा सुधारका लागि कानुनी, नीतिगत र संस्थागत सुधार गरिने ।
४. विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक पारित गरिने ।
५. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको रूपमा सुदृढ गरिने ।
६. विद्यालय शिक्षा पूरा गर्नासाथ विद्यार्थीको ग्रेडिङको आधारमा प्राविधिक तथा व्यावसायिक शिक्षा वा विश्वविद्यालयमा प्रवेश गराइने ।
७. प्राविधिक शिक्षाको धारलाई विश्वविद्यालयसम्म पुर्‍याइने ।
९. संस्थागत र सामुदायिक विद्यालयको पाठ्यक्रममा एकरूपता ल्याइने ।
१०. पढ्दै कमाउँदै नीति लागू गरिने ।
११. विकटका भौगोलिक क्षेत्रलाई लक्षित गरि आवासीय विद्यालय खोलिने ।
१२. निजी विद्यालयका लागि राष्ट्रिय मापदण्ड लागू गर्ने ।
१३. शिक्षक दरबन्दीको पुनरावलोकन गर्ने, विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंक स्थापना गर्ने, शिक्षकको राष्ट्रिय योग्यता मापदण्ड जारी गर्ने र शिक्षक किताबखाना प्रदेश सरकारलाई हस्तान्तरण गर्ने ।
१४. विश्वविद्यालयको शासकीय प्रणालीमा सुधार गर्ने ।
१५. विश्वविद्यालय अनुदान प्रणालीमा सुधार गरी विद्यार्थी संख्या, गुणस्तर र संस्थाको दिगोपनका आधारमा वितरण गर्ने ।

यो पनि-
यस्तो छ शक्तिशाली सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ५ : १८ बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा