सशस्त्र प्रहरीले मधेसमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै « Khabarhub

सशस्त्र प्रहरीले मधेसमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– सशस्त्र प्रहरी बल, नेपालले मधेस प्रदेशका आठ वटै जिल्लामा मनसुन तथा विभिन्न प्राकृतिक प्रकोपको सामनाका लागि समुदायमा आधारित ‘डिजाष्टर भोलेन्टिर’ (विपद् स्वयंसेवक) तयार पार्ने भएको छ । 

सशस्त्र प्रहरी बल मधेस प्रदेशका बाहिनीपति, सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले प्राकृतिक तथा मनसुनजन्य प्रकोपका हिसाबले उच्च जोखिमयुक्त प्रदेश भएकाले पनि सामुदायमा आधारित विपद् स्वयंसेवक तयार पार्न लागिएको बताए।

सशस्त्र प्रहरीले हाल प्रत्येक जिल्लामा २५ जनालाई २१ दिने विपद् स्वयंसेवक तालिम सञ्चालन गरिरहेको छ । यसका लागि रौतहटमा ३८, महोत्तरीमा २६, सर्लाहीमा २५, धनुषामा २५ र सप्तरीमा २५ गरी १३९ जना छनोट गरिएका छन् । बाँकी तीन जिल्ला बारा, पर्सा र सिरहा पनि २५–२५ जनाका दरले विपद् स्वयंसेवक तयार पार्ने तालिम छिट्टै सञ्चालन गरिने जनाइएको छ । 

सशस्त्र प्रहरी नायब महानिरीक्षक ढकालले विपद्को पहिलो उद्धारकर्ता स्थानीय नै हुने भएकाले पनि समुदायलाई बढी जिम्मेवार बनाउन खोजिएको बताए।  

ढकालले सबै पालिकाका वडाहरूमा कम्तीमा २५ जना विपद् सूचकहरू तयार भएको र अब विपद्का घटनाबारे तुरुन्त सूचना दिने जनशक्ति निर्माण गरिने जानकारी दिए । यसका लागि प्रदेशका सबै पालिकासँग समन्वय गरी विपद् सूचकको फोन नं सहितको विवरण संकलन भइसकेको उनले बताए। 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ७ : ३४ बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत