आज २०८२ साल जेठ १९ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल जेठ १९ गते सोमबारको राशिफल


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ १९ गते सोमबार। जेठ शुक्ल पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ जुन २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। सहकार्यमा गरेको कामबाट सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृष : दिन सामान्य छ। राज्यका तर्फबाट भय र त्रास बढ्नेछ। काम गर्दा सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। सहकार्य गरेर अगाडि बढ्नुपर्ने छ। मिहिनेतको फल प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ। मन अशान्त बन्ने जोखिम छ। काममा अवरोध हुनेछ।

कर्कट : धनलक्ष्मी योग परेको छ। सोचेको राम्रो काम बन्नेछ। व्यापारमा नाफा हुनेछ। धन आर्जन हुने देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : तपाईंको राशिमा चन्द्रमा आएकाले मन प्रशन्न हुनेछ। योजना अनुसार मिहिनेत गरेमा काम बन्नेछ। लामो यात्रा नगर्नु उचित होला। आम्दानीका लागि ठुलो मिहिनेत गर्नुपर्ने दिन छ।

कन्या : आज तपाईंको खर्च बढ्नेछ। जिम्मेवारी थपिने छ। मन अशान्त हुने जोखिम छ। मिहिनेत गरेमा व्यापारमा फाइदा हुनेछ। सोचेको काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर हुने देखिन्छ।

तुला : आम्दानी बढ्ने योग छ। लामो समयदेखि खोजेको आम्दानीका स्रोत पत्ता लाग्नेछ। काममा भने मिहिनेत आवश्यक देखिन्छ। शिक्षाको क्षेत्रमा अझ श्रम गर्नुपर्ने योग छ।

वृश्चिक : दिन सामान्य छ। एकमाथि अर्को काम थपिएर झन्झट बढ्नेछ। राज्यको माथिल्लो तहको त्रास बढ्नेछ। धेरै अवरोध भए पनि परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीभाइले साथ दिनेछन्।

धनु : दिन राम्र्रो छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो छ। संकटमा साथीले साथ दिनेछन्। आम्दानीका स्रोत बढ्ने योग छ। परिवारको साथ र सहयोगले मनमा उत्साह बढ्नेछ।

मकर : दिन सहज छ। राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। धन सञ्चित गर्ने समय छ। साथीसँगको सहकार्यमा गरेको काम सफल बन्ला। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन समस्यापूर्ण भएकाले आज तपाईंले परिवारको साथ लिएर अगाडि बढ्नुपर्ने छ। विपक्षीले सताउने भएकाले सचेत भएर काम गर्नुपर्नेछ। हरेक ठाउँमा अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने बाध्यता आइलाग्नेछ।

मीन : दिन सामान्य छ। आफन्तले सहयोग भन्दा असहयोग बढी गर्नेछन्। शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ। थोरै बोलेर गरेको काम सफल बन्नेछ। छोटो तर रमाइलो यात्रा हुनेछ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ५ : ०२ बजे

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं– यातायात विभाग मीनभवनस्थित सडकखण्ड नयाँबानेश्वरमा जिप र मोटरसाइकल ठोक्किँदा

प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे सभामुखको छलफल

काठमाडौं – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा प्रमुख दलसँग

किसानलाई धान काट्ने चटारो

दाङ – लमही नगरपालिका–३ की ४२ वर्षीया सीता चौधरी सोमबार

ट्रफी जित्न ओमानलाई हराउनै पर्छ : कप्तान रोहित पौडेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले विश्वकप

जेनजी आन्दोलनमा सहभागी थुक्तेन एक महिनादेखि बेपत्ता

हुम्ला – नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि