६ दशकपछि कालजयी गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ को रिमेक « Khabarhub

६ दशकपछि कालजयी गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ को रिमेक


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निजी क्षेत्रको लगानीबाट बनाइएको पहिलो नेपाली फिल्म हो- माइतीघर । आजभन्दा ५९ वर्षअघि यो फिल्म प्रदर्शनमा आएको थियो ।

यही नाम लिएर अहिले नयाँ फिल्म छायाङ्कनको चरणमा छ । रोहित अधिकारी फिल्मको ब्यानरमा यो फिल्म बन्न लागेको हो ।

फिल्म ‘माइतीघर’ मा एउटा कालजयी गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ समावेश छ । रोहित अधिकारीले निर्माण गर्न लागेको नयाँ फिल्म ‘माइतीघर’ मा पनि यो गीत समावेश हुने भएको छ ।

यो गीतको रिमेक गरी छायाङ्कन पनि सम्पन्न भएको निर्माण पक्षले बताएको छ । यस गीतको शब्द किरण खरेलले लेखेका हुन् । ‘ओरिजिनल’ गीतमा भारतीय गायिका आशा भोस्लेको स्वर छ ।

रिमेकमा भने भारतीय गायिका सञ्जिवनीको स्वर रहने निर्माता रोहित अधिकारीले बताए । उनका अनुसार यस गीतको भिडियोको छायाङ्कन पनि पूरा भएको छ ।

भिडियोमा नायिकाहरू उपासना सिंह ठकुरी र श्यामश्री शेर्पाको नृत्य रहेको बताइएको छ । निर्माता अधिकारीका अनुसार यस गीतमा ५० भन्दा बढी ‘कोरस डान्सर’ फिर्चड गरिएको छ ।

बाग्लुङको कालिका मन्दिरमा यो गीतको छायाङ्कन भएको हो । गीतमा कमल राईको कोरियोग्राफी रहेको छ । फिल्ममा कलाकार केदार घिमिरे, नायक धिरज मगर, प्रकाश सपुत र नायिकाहरू उपासना र श्यामश्री शीर्ष भूमिकामा रहेका छन् ।

यस फिल्मको छायाङ्कन ३२ दिनमा पूरा भएको अधिकारीले सोमबार जानकारी दिएका छन् ।

गीत तीजकाे छेको पारेर सार्वजनिक गर्ने तयारीमा निर्माण पक्ष रहेको छ । फिल्मको प्रदर्शन मिति आगामी फूलपातीलाई तोकिएको छ ।

फिल्मको छायाङ्कन म्याग्दीको ताकम गाउँ र धारापानी गरिएको छ । मिलन तामाङको निर्देशनमा बनेको यस फिल्ममा चन्द्रबहादुर दोङको कथा र रामशरण पाठकको पटकथा तथा संवाद रहेको छ । निर्माताहरू रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ हुन् ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  २ : २७ बजे

भौतिक मन्त्रीले भने, ‘कर्मचारीले कमिशन मागे मलाई सिधै जानकारी दिनु, कारबाही गर्छु’

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले कुनै पनि

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली चुस्त बनाइने

काठमाडौं– मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक सय

सेराले नेपालमा ल्यायो ‘सल्टाइ ग्यालरी’ र ‘सल्टाइ हब’  

काठमाडौं- सेराले नेपालमा नयाँ ‘सेरा सल्टाइ ग्यालरी’ र ‘सेरा सल्टाइ

बालेन सरकारले सुशासनको योजना अघि सारेपछि तर्सिए पुँजीबजारका कारोबारी, निरन्तर ओरालो लाग्यो नेप्से

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ सरकारले शासकीय सुधारको कार्यसूची अघि सारेपछि

प्रधानमन्त्री आए, कुर्सीमा बसे : माननीयज्यूहरू आउँदा खुसी लाग्यो भने, अरू केही बोलेनन्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह त्यसै पनि कम बोल्ने नेतामा पर्छन्