बन्दीपुरमा विदेशी चलचित्रको छायांकन, पर्यटन व्यवसायी उत्साहित | Khabarhub Khabarhub

बन्दीपुरमा विदेशी चलचित्रको छायांकन, पर्यटन व्यवसायी उत्साहित


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी चलचित्र टासीको छायांकन सुरु भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित उक्त चलचित्रको आइतबारदेखि बन्दीपुरमा छायांकन सुरु भएको हो । 

बन्दीपुरमा उक्त चलचित्रको छायांकनका लागि बन्दीपुर बजारलाई पुरानो शैलीमा सिङ्गारिएको छ । बन्दीपुरलाई पुरानो दार्जिलिङ बनाएर छायांकन गर्न लागिएको हो । करिब एक साताको तयारीपश्चात् चलचित्रको छायांकन सुरु गरिएको हो । 

बन्दीपुर आसपासका विभिन्न उमेर समूहका करिब ३०० स्थानीयलाई दैनिक एक हजारदेखि एक हजार ५०० सम्म पारिश्रमिक दिएर कलाकारको रुपमा प्रयोग गरिएको छ । बन्दीपुरमा तीन दिनसम्म चलचित्रको छायांकन हुने जनाइएको छ । 

बन्दीपुरमा विदेशी चलचित्रको छायांकन भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । होटल तथा पर्यटन व्यवसायी किसान प्रधानले विदेशी चलचित्रको छायांकनले यस क्षेत्रको प्रचारप्रसार हुने बताए। चलचित्र टोली एक सातादेखि बन्दीपुरमा बसिरहेको र यसले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको उनको भनाइ छ । 

चलचित्र छायांकनले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैशबहादुर गुरुङले जानकारी दिए । उनले भने, ‘विदेशी चलचित्रको छायांकनका लागि बन्दीपुर रोजाइमा पर्नु हाम्रा लागि खुसीको कुरा हो, यसले यहाँको पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्नेछ ।’

सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर चलचित्र निर्माण गर्न लागिएको जनाइएको छ । अमेरिकी कम्पनी एप्पलले यो चलचित्रको निर्माण गर्न लागेको हो । 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  २ : २६ बजे

विपक्षी नेता ली दक्षिण कोरियाको राष्ट्रपति निर्वाचित

सोल – दक्षिण कोरियाको राष्ट्रपति पदको निर्वाचनमा विपक्षी नेता ली

कोहलीका लागि किन विशेष बन्यो आईपीएल उपाधि ?

मलेसियाको क्वालम्पुरमा सन् २००८ मार्च २ का दिन यु-१९ विश्वकप

स्कटल्यान्डमाथि सनसनीपूर्ण जित निकालेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं – आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल जेठ २१ गते बुधबार। जेठ