बजेटपछिको बजारमा देखिएन उत्साह, नेप्से झिनो अंकले वृद्धि  « Khabarhub

बजेटपछिको बजारमा देखिएन उत्साह, नेप्से झिनो अंकले वृद्धि 


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत बिहीबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को लागि बजेट प्रस्तुत गरेका थिए । पौडेलले प्रस्तुत गरेको बजेटमा शेयर बजारका लागि ५ बुँदामा समेटे । 

बजेटमा समेटिएको ५ वटै बुँदा शेयर बजारका लागि सकारात्मक नै भएपनि बजेटपछि खुलेको शेयर बजारमा भने खासै सकारात्मक देख्न भने सकिएन । 

सोमबार शेयर बजार सुरुमा खुल्दा उच्च अंकले वृद्धि देखिएको भएपनि बन्द हुँदा भने झिनो अंकले मात्र बढेको छ । 
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६० अंकले बढेर २६९४.६६ विन्दुमा पुगेको छ । 

आज दिनभरमा ९ अर्ब २२ करोड ६३ लाख २२ हजार रुपैयाँ बराबरको २ करोड २० लाख ३१ हजार ८६१ कित्ता शेयर कारोबार भएको छ । 

आज ११५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । 

दिनभरमा २१४ वटा कम्पनी कारोबारमा आउँदा ८३ हजार १६ पटक शेयर किनबेच भएको छ ।

यो पनि पढ्नुहोस् :

बजेटमा शेयर बजार : अर्थमा अड्किएको नेप्सेको पुनर्संरचनादेखि एनआरएन भित्र्याउनेसम्म

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ३ : ३० बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको