बजेटपछिको बजारमा देखिएन उत्साह, नेप्से झिनो अंकले वृद्धि  « Khabarhub

बजेटपछिको बजारमा देखिएन उत्साह, नेप्से झिनो अंकले वृद्धि 


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत बिहीबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को लागि बजेट प्रस्तुत गरेका थिए । पौडेलले प्रस्तुत गरेको बजेटमा शेयर बजारका लागि ५ बुँदामा समेटे । 

बजेटमा समेटिएको ५ वटै बुँदा शेयर बजारका लागि सकारात्मक नै भएपनि बजेटपछि खुलेको शेयर बजारमा भने खासै सकारात्मक देख्न भने सकिएन । 

सोमबार शेयर बजार सुरुमा खुल्दा उच्च अंकले वृद्धि देखिएको भएपनि बन्द हुँदा भने झिनो अंकले मात्र बढेको छ । 
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६० अंकले बढेर २६९४.६६ विन्दुमा पुगेको छ । 

आज दिनभरमा ९ अर्ब २२ करोड ६३ लाख २२ हजार रुपैयाँ बराबरको २ करोड २० लाख ३१ हजार ८६१ कित्ता शेयर कारोबार भएको छ । 

आज ११५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । 

दिनभरमा २१४ वटा कम्पनी कारोबारमा आउँदा ८३ हजार १६ पटक शेयर किनबेच भएको छ ।

यो पनि पढ्नुहोस् :

बजेटमा शेयर बजार : अर्थमा अड्किएको नेप्सेको पुनर्संरचनादेखि एनआरएन भित्र्याउनेसम्म

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ३ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै