प्रधानमन्त्रीसँग छलफल गर्न प्रचण्डको आनाकानी « Khabarhub

प्रधानमन्त्रीसँग छलफल गर्न प्रचण्डको आनाकानी


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आनाकानी गरिरहेका छन् । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से भवनमा जारी नेकपा एमालेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिपक्षी माओवादी संसदीय दलका नेता प्रचण्डले आफूसँग छलफल गर्न नचाहेको खुलासा गरेका छन् । 

प्रतिपक्ष दलहरूले मंगलबारबाट सुरु हुन गइरहेको संसद् बैठक अवरुद्ध गर्ने रणनीति बनाइरहेका बेला आफूले छलफल गर्न खोज्दा माओवादी अध्यक्ष प्रचण्ड सम्पर्कमै आउन नचाहेको बताए । 

‘भोलि चल्न दिन्नौ भनेका छन् संसद् । भोलि संसद् चलाउँ भनेर मैले प्रचण्डजीसँग पनि कुरा गर्न खोजे । हामी लिडरहरुको बीचमा छलफल गरौँ भनेर उहाँ सम्पर्कमा आउन चाहिरहनुभएको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँलाई थाहा नभएको होइन, धेरै तिरबाट खोजी गर्दा पनि फेला पर्नु भएको छैन । उहाँहरू कुरा नगर्ने, बन्द गर्ने मुडमा हुनुहुन्छ होला ।’

प्रधानमन्त्री ओलीले कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएर सोधेकै भरमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने दोहर्‍याएर । उनले प्रतिपक्षीको अवरोधका कारण मंगलबार संसद् अवरुद्ध नहुनेसमेत ठोकुवा गरे । 

‘एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो अरे, भनेका भरमा, के सोध्यो पनि थाहा छैन, बयान दिएको छैन । त्यस्तो अवस्थामा हामीलाई रिस उठेको छ गृहमन्त्री, त्यसकारण राजिनमा दिनुपर्छ । यस्ता कुराले संसद् अवरोध हुँदैन,’ ओलीले भने, ‘म स्पष्ट भन्नु चाहन्छु । तपाईंहरू मेन्टल्ली तयार भएर बस्नुस् । संसद् अवरोध हुँदैन । यसरी संसद् अवरोध चल्दैन यो ।’

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ३ : २४ बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत