प्रधानमन्त्रीसँग छलफल गर्न प्रचण्डको आनाकानी « Khabarhub

प्रधानमन्त्रीसँग छलफल गर्न प्रचण्डको आनाकानी


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आनाकानी गरिरहेका छन् । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से भवनमा जारी नेकपा एमालेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिपक्षी माओवादी संसदीय दलका नेता प्रचण्डले आफूसँग छलफल गर्न नचाहेको खुलासा गरेका छन् । 

प्रतिपक्ष दलहरूले मंगलबारबाट सुरु हुन गइरहेको संसद् बैठक अवरुद्ध गर्ने रणनीति बनाइरहेका बेला आफूले छलफल गर्न खोज्दा माओवादी अध्यक्ष प्रचण्ड सम्पर्कमै आउन नचाहेको बताए । 

‘भोलि चल्न दिन्नौ भनेका छन् संसद् । भोलि संसद् चलाउँ भनेर मैले प्रचण्डजीसँग पनि कुरा गर्न खोजे । हामी लिडरहरुको बीचमा छलफल गरौँ भनेर उहाँ सम्पर्कमा आउन चाहिरहनुभएको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँलाई थाहा नभएको होइन, धेरै तिरबाट खोजी गर्दा पनि फेला पर्नु भएको छैन । उहाँहरू कुरा नगर्ने, बन्द गर्ने मुडमा हुनुहुन्छ होला ।’

प्रधानमन्त्री ओलीले कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएर सोधेकै भरमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने दोहर्‍याएर । उनले प्रतिपक्षीको अवरोधका कारण मंगलबार संसद् अवरुद्ध नहुनेसमेत ठोकुवा गरे । 

‘एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो अरे, भनेका भरमा, के सोध्यो पनि थाहा छैन, बयान दिएको छैन । त्यस्तो अवस्थामा हामीलाई रिस उठेको छ गृहमन्त्री, त्यसकारण राजिनमा दिनुपर्छ । यस्ता कुराले संसद् अवरोध हुँदैन,’ ओलीले भने, ‘म स्पष्ट भन्नु चाहन्छु । तपाईंहरू मेन्टल्ली तयार भएर बस्नुस् । संसद् अवरोध हुँदैन । यसरी संसद् अवरोध चल्दैन यो ।’

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ३ : २४ बजे

ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

कीर्तिपुर– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका

काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार

आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद

कैलालीमा अध्यागमनको काम रोकिएपछि अर्को नाका प्रयोग गर्दै यात्रु

सुदूरपश्चिम– कैलालीको धनगढीस्थित अध्यागमन कार्यालयमा प्रक्रिया पुर्‍याएर आएका तेस्रो मुलुकका