प्रधानमन्त्री भन्छन्- जन्मिँदै राजा हुने वंश परम्पराको वकालत गर्नु दास मानसिकता र मूर्खता « Khabarhub

प्रधानमन्त्री भन्छन्- जन्मिँदै राजा हुने वंश परम्पराको वकालत गर्नु दास मानसिकता र मूर्खता


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समयमा पनि राजाको वकालत गर्नेलाई मूर्खको संज्ञा दिएका छन् ।

नेकपा एमालेको संसदीय दलको आज वानेश्वरमा भएको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजावादीमाथि कडा टिप्पणी गरेका हुन् ।

‘आजको समाजमा जन्मिँदै राजा हुने वंश परम्परा र दास मानसिकताको वकालत गर्नु मूर्खता हो । भारत र चीन वा अमेरिकामा निर्वाचित जनप्रतिनिधिले चलाएका छन्’ , ओलीले भने, ‘केही देशमा खुम्चिएर राजतन्त्र टिकेको छ । दुनियाँमा राजतन्त्रको वैज्ञानिकता र न्यायिकता केही छैन । यस्तो बेलामा नेपालमा राजतन्त्र पुनः स्थापनाको कुरा गर्नेहरूको चेतनाको स्तर देख्दा दया लागेर आउँछ ।’

ओलीले समाज थितिविधिमा चल्नुपर्ने पनि बताए । ‘समाज संविधान र कानुनबाट चल्नुपर्छ । दलभन्दा माथि जनता हुन्छन्’, उनले भने, ‘सम्पूर्ण शक्तिका स्रोत जनता हुन् । अराजकता र असन्तुष्टवादीले श्रीलंका वा बंगलादेश बनाउँछु भन्न खोजे पनि आखिर ती मुलुकमा लोकतन्त्रमा फर्केर मात्रै निकास आउने कुरा बुझ्नुपर्छ ।’

कतिपय पक्षमा सत्ता छोड्नुपरेकाले बेचैनी र कुण्ठा प्रकट भएको टिप्पणी गर्दै उनले सरकारको राम्रो काम नदेख्ने र असफलता गराउने खोज्ने  ‘घण्टाकर्ण’ प्रवृत्तिहरू देखिएको बताए ।

‘सरकारको नेतृत्वमा भएकाले हामी माथि केन्द्रित आक्रमण गरिएको छ जबकि देशलाई ओरालो लाग्ने कुरालाई रोकेका छौँ । सबै क्षेत्रमा राम्रा काम गरेका छौँ । हामी अझ प्रभावकारीरुपमा विकास र सुशासनका लागि अघि बढ्नेछौँ’ उनले भने ।

फरक सन्दर्भमा उनले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताए । मंगलबारदेखि संसद्का नियमित गतिविधि सञ्चालन हुने उनको भनाइ छ ।

‘भोलिदेखि नियमित संसद् चलाऊँ भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’जी कुरा गर्न खोजे तर उहाँ जानीजानी सम्पर्कमा आउनु भएन । वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरू हुनुहुन्छ होला । यस्तो व्यवहार सधैँ चल्दैन । संसद् यस्ता नचाहिने कुरामा सधैँ बन्द हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन । त्यस कारण यस्ता कुरामा संसद् अवरुद्ध हुँदैन । माननीयज्यूहरू तयार भएर बस्नुस् । भोलिदेखि सदन चल्छ ।’

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ३ : ५२ बजे

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,

एमाले स्थायी कमिटी बैठक सुरू, वरिष्ठ नेता बनेपछि पहिलोपटक विद्या पनि सहभागी

काठमाडौं– नेकपा (एमाले)को प्रथम स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालयमा

आईसीसी एकदिवसीय विश्व वरीयतामा नेपाल १६औँ स्थानमा

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय विश्व