गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत « Khabarhub

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले आफूअनुकूल हुने गरी पटक–पटक पार्टी विधान संशोधन गरेको आरोप लगाएका छन्।

पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेता महतले महाधिवेशनको मुखमा विधान संशोधन गरेर पार्टीभित्र नेता व्यवस्थापन गर्न खोजिएको टिप्पणी गरे।

‘हरेक दिनजस्तो विधान संशोधन भएको छ। विशेष महाधिवेशनमा अर्कै विधान बनाइएको थियो, अहिले पुनः अर्कै भएको छ। आफूअनुकूल गगनजीले विधान संशोधन गरेर कांग्रेसलाई तहसनहस बनाइसक्नुभयो,’ महतले भने।

उनले विगतमा महाधिवेशनको मुखमा विधान संशोधन गर्न नहुने धारणा राख्दै आएका गगन थापाले अहिले आफैँ त्यस्तो अभ्यास गरिरहेको आरोप लगाए।

‘विगतमा उहाँ नै भन्नुहुन्थ्यो, महाधिवेशनको मुखमा विधान संशोधन गर्न पाइँदैन भनेर। अहिले उहाँ नै नेता व्यवस्थापन गर्नका लागि अनेक प्रपञ्च रचिरहनुभएको छ,’ महतले भने।

महतले नयाँ नेतृत्वले कांग्रेसलाई एकताबद्ध बनाउनेमा आफू विश्वस्त नरहेको पनि बताए।

‘नेतृत्वले कांग्रेस एक बनाउँछ जस्तो चाहिँ मलाई लागेको छैन,’ उनले भने।

महतले कांग्रेसको महाधिवेशन आफूले मिस नगरेको तर महाधिवेशनमा सहभागी आफ्ना साथीभाइलाई भने सम्झिरहेको बताए।

महतसँग यस विषयमा थप कुराकानी केही समयपछि सार्वजनिक हुने छ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  २ : १६ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको