आईएईएका निर्देशक र इरानी कुटनीतिज्ञबीच कायरोमा भेटवार्ता | Khabarhub Khabarhub

आईएईएका निर्देशक र इरानी कुटनीतिज्ञबीच कायरोमा भेटवार्ता


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेनसी– इरानका शीर्ष कूटनीतिज्ञ र आणविक कार्यक्रमका प्रमुख वार्ताकारले सोमबार कायरोमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए) का निर्देशकसँग भेटवार्ता गर्ने इजिप्टको विदेश मन्त्रालयले जनाएको छ ।

त्रिपक्षीय बैठक इरानका विदेश मन्त्री अब्बास अराघची, उनका इजिप्टका समकक्षी बद्र अब्देलट्टी र आइइएका प्रमुख राफेल ग्रोसीबीच हुने मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो ।

इरानले आणविक हतियारका लागि आवश्यक युरेनियमको भण्डारण बढाएर ६० प्रतिशत बनाएको संयुक्त राष्ट्रसङ्घीय निकायको प्रतिवेदन सार्वजनिक भएपछि उनीहरूबीच भेट वार्ता हुन लागेको हो ।  

कायरोको भ्रमणका क्रममा अराघचीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसीलाई भेट्ने योजना पनि बनाएको जनाइएको छ । उनले ओमानको मध्यस्थतामा पाँच चरणको वार्तापछि सम्भावित आणविक सम्झौताको लागि अमेरिकाबाट प्रस्ताव प्राप्त भएको बताएका छन् । 
 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ३ : ५३ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २७ गते शुक्रबार। भाद्र

आज २०८२ साल भदौ २७ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २७ गते शुक्रबार। भाद्र

आइतबारदेखि सर्वोच्च अदालतले नियमित सुनुवाइ गर्ने

काठमाडौं – सर्वोच्च अदालतले यही भदौ २९ गतेदेखि नियमित सुनुवाइ

जेन-जी आपसी विवादमा, सडकमा ओर्लिए दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद बढ्न थालेपछि