आन्दोलन छाडेर व्यावसायिक वातावरणमा फर्किन पोखराका मेयरको अपिल « Khabarhub

आन्दोलन छाडेर व्यावसायिक वातावरणमा फर्किन पोखराका मेयरको अपिल


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

पोखरा– पछिल्ला केही दिनयता पोखरामा सार्वजनिक यातायात व्यवसायीहरूले जारी राखेको आन्दोलनका कारण जनजीवन प्रभावित भएपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आन्दोलनको मार्ग परित्याग गरी वार्ता र संवादबाट समाधान खोज्न व्यवसायीहरूलाई आग्रह गरेका छन् । 

महानगर प्रमुख आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै समस्या समाधानको लागि प्रचलित ऐन, नियम र कानुनको परिधिभित्र रही संवाद, छलफल र सहमतिबाट अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । 

‘पोखरा पर्यटनको राजधानी हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘यहाँ आउने देश विदेशका पर्यटकहरूमा हडताल, सवारी साधनका तानातान र बेलाबखत देखिने अमर्यादित व्यवहारबाट गम्भीर असर पर्नु दुःखद विषय हो ।’

उनले पछिल्लो आन्दोलनले पोखराको समग्र छवि र पर्यटन व्यवसायमा प्रत्यक्ष नकारात्मक असर परेको उल्लेख गर्दै व्यवसायीहरूलाई जिम्मेवार ढंगले व्यवहार गर्न अनुरोध गरेका छन् ।
 
पोखरामा जारी सार्वजनिक यातायातको अवरोधले गर्दा स्थानीय बासिन्दा, विद्यार्थी, कर्मचारी तथा पर्यटकहरू मर्कामा परेका छन् ।

प्रदेश सरकारले ल्याएको राइड शेयरिङसम्बन्धी कानुनप्रति असन्तुष्टि जनाउँदै यातायात सेवा प्रदायक व्यवसायीहरूले गत साता देखिनै सवारी चलाउन बन्द गरेका थिए ।

महानगर प्रमुख आचार्यले सरकार व्यवसायीका मागहरू प्रति गम्भीर रहेको स्मरण गराउँदै संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गरेका हुन् । 

‘हडताल र आन्दोलनको मार्ग छोडी व्यावसायिक वातावरणमा फर्किएर जनजीवनमा परेको प्रत्यक्ष असरप्रति गम्भीर बन्नु आजको आवश्यकता हो,’ उनले भने । 

महानगरले समस्या समाधानको पहलस्वरूप सरोकारवाला निकायहरूसँग समन्वय गरिरहेको समेत जानकारी दिएको छ ।

यसैबीच, पोखराका स्थानीय बासिन्दाहरूले समेत सार्वजनिक सेवाको नियमित सञ्चालनको माग गर्दै व्यवसायीहरूलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ४ : ०६ बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत