आन्दोलन छाडेर व्यावसायिक वातावरणमा फर्किन पोखराका मेयरको अपिल « Khabarhub

आन्दोलन छाडेर व्यावसायिक वातावरणमा फर्किन पोखराका मेयरको अपिल


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

पोखरा– पछिल्ला केही दिनयता पोखरामा सार्वजनिक यातायात व्यवसायीहरूले जारी राखेको आन्दोलनका कारण जनजीवन प्रभावित भएपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आन्दोलनको मार्ग परित्याग गरी वार्ता र संवादबाट समाधान खोज्न व्यवसायीहरूलाई आग्रह गरेका छन् । 

महानगर प्रमुख आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै समस्या समाधानको लागि प्रचलित ऐन, नियम र कानुनको परिधिभित्र रही संवाद, छलफल र सहमतिबाट अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । 

‘पोखरा पर्यटनको राजधानी हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘यहाँ आउने देश विदेशका पर्यटकहरूमा हडताल, सवारी साधनका तानातान र बेलाबखत देखिने अमर्यादित व्यवहारबाट गम्भीर असर पर्नु दुःखद विषय हो ।’

उनले पछिल्लो आन्दोलनले पोखराको समग्र छवि र पर्यटन व्यवसायमा प्रत्यक्ष नकारात्मक असर परेको उल्लेख गर्दै व्यवसायीहरूलाई जिम्मेवार ढंगले व्यवहार गर्न अनुरोध गरेका छन् ।
 
पोखरामा जारी सार्वजनिक यातायातको अवरोधले गर्दा स्थानीय बासिन्दा, विद्यार्थी, कर्मचारी तथा पर्यटकहरू मर्कामा परेका छन् ।

प्रदेश सरकारले ल्याएको राइड शेयरिङसम्बन्धी कानुनप्रति असन्तुष्टि जनाउँदै यातायात सेवा प्रदायक व्यवसायीहरूले गत साता देखिनै सवारी चलाउन बन्द गरेका थिए ।

महानगर प्रमुख आचार्यले सरकार व्यवसायीका मागहरू प्रति गम्भीर रहेको स्मरण गराउँदै संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गरेका हुन् । 

‘हडताल र आन्दोलनको मार्ग छोडी व्यावसायिक वातावरणमा फर्किएर जनजीवनमा परेको प्रत्यक्ष असरप्रति गम्भीर बन्नु आजको आवश्यकता हो,’ उनले भने । 

महानगरले समस्या समाधानको पहलस्वरूप सरोकारवाला निकायहरूसँग समन्वय गरिरहेको समेत जानकारी दिएको छ ।

यसैबीच, पोखराका स्थानीय बासिन्दाहरूले समेत सार्वजनिक सेवाको नियमित सञ्चालनको माग गर्दै व्यवसायीहरूलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ४ : ०६ बजे

नेपालमा रहेका खाद्यान्नमा देखियो मुटुलाई हानी गर्ने ‘ट्रान्स फ्याक्ट’ 

काठमाडौं– हामीले खाने खाद्यपदार्थहरूमा बढी ‘ट्रान्स फ्याक्ट’ हुँदा शरीरको मुख्य

प्रधानमन्त्री बनाउनु पर्ने सर्तमा रविलाई नेता मान्‍न बालेन तयार

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सालवादी विद्रोहीको मृत्यु

नयाँदिल्ली– पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै

जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची– भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना