प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेता छलफलमा « Khabarhub

प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेता छलफलमा


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभामा देखिएको गतिरोधलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छलफलमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् । 

यस्तै छलफलमा भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, माओवादीका महासचिव देव गुरुङलगायतका नेताहरू सहभागी छन् ।

प्रतिपक्षमा रहेका दलहरूले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद् बैठक सुचारु हुन नदिने अडान लिइरहेका छन् । सोही विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले प्रमुख दलका शीर्ष नताहरूको बैठक बोलाएका हुन् ।

तीन दलका शीर्ष नेताहरूको बैठक सुरु हुनअघि माओवादी अध्यक्ष प्रचण्डले अर्को प्रतिपक्षी दल नेकपा समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए । उनले कांग्रेस सभापति देउवासँग पनि टेलिफोनमा कुराकानी गरेका थिए ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ४ : ४० बजे

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने