प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेता छलफलमा « Khabarhub

प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेता छलफलमा


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभामा देखिएको गतिरोधलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छलफलमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् । 

यस्तै छलफलमा भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, माओवादीका महासचिव देव गुरुङलगायतका नेताहरू सहभागी छन् ।

प्रतिपक्षमा रहेका दलहरूले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद् बैठक सुचारु हुन नदिने अडान लिइरहेका छन् । सोही विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले प्रमुख दलका शीर्ष नताहरूको बैठक बोलाएका हुन् ।

तीन दलका शीर्ष नेताहरूको बैठक सुरु हुनअघि माओवादी अध्यक्ष प्रचण्डले अर्को प्रतिपक्षी दल नेकपा समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए । उनले कांग्रेस सभापति देउवासँग पनि टेलिफोनमा कुराकानी गरेका थिए ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ४ : ४० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि