बोर्ड अध्यक्ष हुमागाईंले भने- राष्ट्रिय विज्ञापन नीति जारी गर्छु « Khabarhub

बोर्ड अध्यक्ष हुमागाईंले भने- राष्ट्रिय विज्ञापन नीति जारी गर्छु


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले पदभार ग्रहण गरेका छन्  ।  

सोमबार बोर्डको कार्यालय पुगेर अध्यक्ष हुमागाईंले पदभार ग्रहण गरेका हुन् । मन्त्रीपरिषद्को जेठ १२ गते बसेको बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

पदभार ग्रहण गर्दै अध्यक्ष हुमागाईंले आफूले अघिल्लो कार्यकालमा थालनी गरेको राष्ट्रिय विज्ञापन नीति जारी गर्ने, विज्ञापन ऐन संशोधन लगायतका काम सम्पन्न गर्ने बताए ।

उनले घट्दो विज्ञापन बजार चासो र चिन्ताको विषय भएकाले यसको बजारको विकास र विस्तारको प्रयास गर्ने उल्लेख गरे । 

सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमनको दायरामा ल्याउने भन्दै उनले ऐन सम्बोधनका समयमा त्यसमा उचित सम्बोधन हुने जिकिर गरे । 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ५ : ३१ बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत