विष्ट बन्धुको अध्यक्षमा बाबुराम विष्ट सर्वसम्मत | Khabarhub Khabarhub

विष्ट बन्धुको अध्यक्षमा बाबुराम विष्ट सर्वसम्मत


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – घिमिरे विष्ट बन्धुहरूको साझा संस्थामा सुनसरीका बाबुराम विष्टले नेतृत्व लिएका छन् । सुनसरीको चतराधामस्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न राष्ट्रिय महाधिवेशनले विष्टको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा मोरङ टङ्कीसिनवारीका नवराज विष्ट, महासचिवमा सलकपुर मोरङका सुरज विष्ट, कोषाध्यक्षमा इटहरी सुनसरीका कृष्ण विष्ट र सचिवमा मोरङकै उर्लाबारीका प्रकाश विष्ट सर्वसम्मत चयन भएका छन् । यस्तै महिला, क्षेत्रगत र बसोबासका आधारमा २४ जना केन्द्रीय सदस्यसमेत निर्वाचित भएका छन् ।

कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनमा निर्वतमान अध्यक्ष हरिबहादुर विष्टले संस्थाका सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै महासचिव सुरज विष्टले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष देवेन्द्र विष्टले सभामा आर्थिक प्रतिवेदन पेश गरे ।

नवनिर्वाचित अध्यक्ष विष्टले हालको विधानलाई समय सापेक्ष संशोधन गर्नुपर्ने भएकाले तत्काल विधान संशोधन सुझाव समिति गठन गरी आवश्यकताअनुसार समितिको आकार हेरफेर गर्ने बताए । उनले संस्थामा आबद्ध हुन नसकेका बन्धुहरूलाई समेट्दै उचित जिम्मेवारी दिने बताए ।

२०५२ सालमा पहिलो पटक स्थापना गरिएको विष्ट बन्धुहरूको संस्था २०७२ सालमा पुनःस्थापना गरी सुनसरी जिल्ला प्रशासन कार्यालयमा २०७३ सालमा ‘काश्यप गोत्रीय घिमिरे विष्ट क्षेत्री वंश उत्थान केन्द्र नेपाल’ का नाममा दर्ता भएको छ ।

१४ औं शताब्दीमा सघ्रजित विष्टको नेतृत्वमा सुनकोशी नदी तरेका विष्टहरू हालको खोटाङ जिल्लाको चुइँचुम्मा डाँडागाउँ भन्ने स्थानमा आई बसोवास गरेको अध्येता धनु विष्ट बताउँछन् । उनका अनुसार विष्टहरू गुल्मीको घमिरबाट कास्की, तनहुँ धादिङ हुँदै काठमाडौं, मूलपानी, काभ्रे, रामेछाप हुँदै सुनकोशी तरेर ओखलढुङ्गा र खोटाङ आइपुगेको तथ्य छ ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ६ : ५६ बजे

जेन-जी आन्दोलनमा सहिद भएकालाई श्रद्धाञ्जली दिँदै सामूहिक भाइटीका (तस्बिरहरु)

काठमाडौं- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनमा सहिद

मानुङकोटमा बढे पर्यटक

दमौली (तनहुँ)- चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक

अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुखबीच भेट

जेनेभा– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको संसद हाउस अफ

विश्व हिउँचितुवा दिवस : बासस्थान ह्रास र आहारा प्रजाति कमीको चुनौती

काठमाडौं- विश्वकै दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित

कुटपिटबाट युवकको मृत्यु

भद्रपुर (झापा)- झापास्थित बिर्तामोड नगरपालिका–५ मा कुटपिटबाट एक युवकको मृत्यु