मालीमा भएको आतंककारी आक्रमणमा ३० सैनिकको मृत्यु | Khabarhub Khabarhub

मालीमा भएको आतंककारी आक्रमणमा ३० सैनिकको मृत्यु


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफ्रिकी मुलुक मालीमा भएको आतंककारी आक्रमणमा परी ३० सैनिकको ज्यान गएको छ । मालीमा रहेको एक सैन्य आधारलाई लक्षित गरी आतंककारी आक्रमण भएको हो ।

आक्रमणमा आतंककारी संगठन अल कायदामा आबद्ध लडाकुको संलग्नता रहेको अधिकारीहरुले जनाएका छन् । बुर्किना फासोको सीमानजिकै रहेको बोलकेस्सी क्षेत्रमा रहेको सैन्य आधार शिविरमा आक्रमण गरी नियन्त्रणमा लिएको अल कायदा सम्बद्ध जमाआ नुस्रत उल इस्लाम वा अल मुस्लिमिन नामक समूहले दाबी गरेको छ ।

उक्त समूहले टिम्बुक्टू शहरमा समेत आक्रमण गरेको दाबी गरेको छ । सो क्षेत्रमा रुसी सैन्य कम्पनी वाग्नरका लडाकुहरु तैनाथ रहेको बताइन्छ ।

साहारा मरुभूमिबाट दक्षिणमा पर्ने साहेल भनिने क्षेत्रमा पछिल्लो समय आतंककारी आक्रमणका घटना बढ्दै गएको छ । सो क्षेत्रका माली, बुर्किना फासो, नाइजरजस्ता मुलुकमा मे महिनाको शुरुवातदेखि भएका आक्रमणमा ४०० जनाभन्दा धेरै सैनिक मारिएका छन् ।

गत मे २४ का दिन आतंककारी लडाकुले मालीकै डिओउरास्थित सैन्य आधार शिविरमा आक्रमण गर्दा ४० सैनिक मारिएका थिए । त्यसैगरी, मे महिनाको मध्यतिर बुर्किना फासोको जिबो क्षेत्रमा भएको आक्रमणमा २ सयभन्दा धेरै सैनिक मारिएका थिए ।

त्यसैगरी, मे २४ मा नाइजरको टोहोवा र मे २६ मा डोस्सो क्षेत्रमा भएको आक्रमणमा १ सयभन्दा धेरै सैनिक मारिएका थिए ।

सन् २०२० देखि सन् २०२३ सम्म भएका सत्तापलटपछि यी मुलुकमा सैनिक सरकारले शासन चलाइरहेको छ ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ७ : ०५ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित