मालीमा भएको आतंककारी आक्रमणमा ३० सैनिकको मृत्यु « Khabarhub

मालीमा भएको आतंककारी आक्रमणमा ३० सैनिकको मृत्यु


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफ्रिकी मुलुक मालीमा भएको आतंककारी आक्रमणमा परी ३० सैनिकको ज्यान गएको छ । मालीमा रहेको एक सैन्य आधारलाई लक्षित गरी आतंककारी आक्रमण भएको हो ।

आक्रमणमा आतंककारी संगठन अल कायदामा आबद्ध लडाकुको संलग्नता रहेको अधिकारीहरुले जनाएका छन् । बुर्किना फासोको सीमानजिकै रहेको बोलकेस्सी क्षेत्रमा रहेको सैन्य आधार शिविरमा आक्रमण गरी नियन्त्रणमा लिएको अल कायदा सम्बद्ध जमाआ नुस्रत उल इस्लाम वा अल मुस्लिमिन नामक समूहले दाबी गरेको छ ।

उक्त समूहले टिम्बुक्टू शहरमा समेत आक्रमण गरेको दाबी गरेको छ । सो क्षेत्रमा रुसी सैन्य कम्पनी वाग्नरका लडाकुहरु तैनाथ रहेको बताइन्छ ।

साहारा मरुभूमिबाट दक्षिणमा पर्ने साहेल भनिने क्षेत्रमा पछिल्लो समय आतंककारी आक्रमणका घटना बढ्दै गएको छ । सो क्षेत्रका माली, बुर्किना फासो, नाइजरजस्ता मुलुकमा मे महिनाको शुरुवातदेखि भएका आक्रमणमा ४०० जनाभन्दा धेरै सैनिक मारिएका छन् ।

गत मे २४ का दिन आतंककारी लडाकुले मालीकै डिओउरास्थित सैन्य आधार शिविरमा आक्रमण गर्दा ४० सैनिक मारिएका थिए । त्यसैगरी, मे महिनाको मध्यतिर बुर्किना फासोको जिबो क्षेत्रमा भएको आक्रमणमा २ सयभन्दा धेरै सैनिक मारिएका थिए ।

त्यसैगरी, मे २४ मा नाइजरको टोहोवा र मे २६ मा डोस्सो क्षेत्रमा भएको आक्रमणमा १ सयभन्दा धेरै सैनिक मारिएका थिए ।

सन् २०२० देखि सन् २०२३ सम्म भएका सत्तापलटपछि यी मुलुकमा सैनिक सरकारले शासन चलाइरहेको छ ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ७ : ०५ बजे

सर्वोच्चको फैसलापछि घिमिरे भने : अब विवाद बिर्सेर अघि बढौं

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको पछिल्लो

यी कारण खुलाउँदै सर्वोच्चले दियो गगन नेतृत्वलाई कांग्रेसको आधिकारिकता

काठमाडौं – सर्वोच्च अदालतले तीन प्रमुख कारण देखाउँदै नेपाली कांग्रेसको

विमलेन्द्र निधिले भने : विशेष महाधिवेशन मैले मानेको छैन, अब पनि मान्दिँन

काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी आधिकारिकतासम्बन्धी सर्वोच्च

अब कांग्रेस एक बनाउने जिम्मा गगन थापाको : प्रकाशशरण महत

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादबारे रिटमा सर्वोच्च अदालतले गगन

कांग्रेस विवाद : यस्ता छन् सर्वोच्चले गरेको फैसलाका मुख्य बुँदा

काठमाडौं – सर्वोच्च अदालतले गगन थापा पक्षको नेतृत्व रहेको नेपाली